Mar 29, 2023
बुटवल । संयुक्त विद्यार्थी संगठनका नाममा लुम्बिनी बाणिज्य क्याम्पसमा भएको तोडफोडप्रति क्याम्पस ब्यवस्थापनले गम्भिर दुःख व्यक्त गरेको छ । क्याम्पसले मंगलबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा क्यापस सन्चालक समितीका अध्यक्ष मोतिलाल पाण्डेले यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्थामा तोडफोड गरेर विद्यार्थी संगठनहरुले गलत अभ्यास गर्न खोजेको बताए ।
पाण्डेले विद्यार्थीहरुका जायज मागहरु पूरा गर्न सञ्चालक समिती जुनसुकै बेला पनि तयार रहेको बताउँदै शैक्षिक वातावरण धुमिल पारेर क्याम्पसको आगामी यात्रा रोक्ने प्रयास कदापी स्वीकार गर्न नसकिने बताए । क्याम्पस प्रमुख डा. तारा प्रसाद उपाध्यायले विद्यार्थी संगठनहरुका मागले लुम्बिनी बाणिज्य क्याम्पसको विश्व विद्यालय बनाउने बाटो अवरुद्ध हुने भएको बताउँदै ति मागहरु पूरा गर्न नसकिने बताए । क्याम्पस प्रमुख उपाध्यायले २०६६ सालमा विद्यार्थी संगठन र अभिभावकहरु समेतको सहमतीमा क्याम्पसलाई मानित विश्व विद्यालयमा लैजाने निर्णय गरेर प्रक्रिया अगाडी बढाएको बताउँदै अव कुनै हालतमा पनि पछाडी फर्कन नसकिने बताए ।
क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले क्याम्पसमा तोडफोड गरेर विद्यार्थीहरुले आफ्नै क्षेत्रको शैक्षिक उन्नतीमा बाधा ब्यवधान हाल्न खोजेको बताए । श्रेष्ठले विद्यार्थीहरुका क्रियाकलापले बार्ता र सम्वादबाट समस्या समाधान गर्ने बाटो बन्द हुने अवस्थामा पुगेको बताउँदै दुख ब्यक्तः गरे ।
मंगलबार विहानै २०/२२ वटा मोटरसाईकलमा गएका नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले क्याम्पसको प्रशासनिक भवनका रहेका लेखा शाखा, परीक्षा शाखामा रहेका कम्प्युटर तथा फर्निचर तोडफोड गरेका थिए । विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि संचालन भईरहेका विविएस र एमबिएसका पठनपाठन संचालन गर्नुपर्ने र एमबिए, विविए, एमबिएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस्