ताजा अपडेट »

किड्स हेभनमा आईएसएका कार्यक्रमहरु

आइतबार, २६ साउन २०७६, २० : ०८
6 Shares

साउन २६,

ग्लोबल आवाज
तिलोत्तमा । तिलोत्तमा–११ स्थित किड्स हेभन स्कुलले आएसएको लागी व्रिटिश काउन्सिल कार्यक्रम मार्फत विद्यालयमा विभिन्न शिक्षण सिकाई क्रियाकलाप सुरु गरेको छ । व्रिटिश काउन्सिलद्वारा सञ्चालित इन्टरनेश्नल स्कुल अवार्डको लागि रुपन्देही जिल्लाबाट सन २०१९/२० का लागि प्रतिष्पर्धा गरेको हो । ७ वटा प्रोजेक्टरहरु गर्नुपर्ने प्रावधान भएता पनि विद्यालयले ८ वटा व्रिटिश काउन्सिलमा वुझाउन र अन्य प्रोजेक्टहरु पनि तयार पारेको छ ।

जसमा औषधीय बोट , वरिपरि पाइने जनावरहरु , पानीको महत्व , च्याउ खेती , थारु समुदायका खानेकुराहरु , वरिपरिका विरुवाहरु , तिज चार्डको वारेमा , सफा वातावरण गरी ८ प्रोजेक्टहरुमा कुशल सिप ब्यवहारमा जोडी शिक्षण सिकाई क्रियाकलाप गरीरहेको छ । देश विदेशका विद्यालयहरु सँग पनि समन्वय गरी विद्यार्थीहरु बिच भाइवर , स्काइप मा बोलचाल मार्फत शिक्षणसिकाई क्रियाकलाप अगाडी बढाईरहेका छन् ।

आफ्नो देश संगसगैं अन्य देशमा कसरी अध्यापन हुँदो रहेछ , त्यहाका सामाजिक , साँस्कृतिक भौगोलिक आदि विषयहरुमा पनि जानकारी लिई अध्ययन गरीरहेको कुरा विद्यालयकी शिक्षिका सिता पौडेलले बताइन । यसैगरी यस वर्ष विद्यार्थी गुणिय चक क्त्तऋ्र को पनि विद्याथीैहरुले अन्तिम चरणमा पुगेको सहजकर्ता शिक्षिका रुपा ज्ञवालीले बताइन । यसैगरी लखनउ सिटि मन्टेश्वरी स्कुलमा आगामी अप्रिलमा अन्तराष्ट्रिय कार्यक्रममा पनि भाग लिने मास्टर ट्रेनर सुर्य पौडेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।