९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

फाईल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थपिने भएको छ। कम्तीमा एक साता निषेध आदेश थप गर्ने र त्यसको कडाइका साथ अनुगमन गर्ने तयारी प्रशासनले गरेको हो। यसबारे निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्पुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ। दिउँसो २ बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा डाकिएको बैठकले जारी निषेध आदेश केही परिमार्जनसहित थप्ने तयारी गरेको बताइएको छ। कक्षा १२ को  परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने विषयमा छलफल गरेर निर्क्योलमा पुगिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार अब कम्तीमा पनि एक साता निषेध आदेश थप गरिने गृहकार्य छ।

यसअघि घोषित निषेध आदेश बुधबार मध्यराति सकिँदैछ। कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरिएको थियो। असार अन्तिम साताबाट बजार र सवारी सबै खोले पनि केही क्षेत्र बन्द गर्ने निर्णयसहित निषेध आदेशलाई निरन्तरता दिइएको थियो। केही दिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै फेरि निषेध आदेश कडा बनाउन लागिएको हो। उपत्यकामा सोमबारसम्को तथ्यांकअनुसार कोरोना संक्रमणबाट दुई हजार ९९२ जनाको निधन भएको छ। तीमध्ये काठमाडौंका १९८६, भक्तपुरका ३९७ र ललितपुरका ६०९ जना छन्। यस्तै तीनै जिल्लामा गरी सक्रिय संक्रमितको संख्या १० हजार ६९६ पुगेको छ। यसमध्ये सबैभन्दा बढी काठमाडौंमा ७५७५, भक्तपुरमा १३६५ र ललितपुमा १७५५ जना सक्रिय संक्रमित छन्।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो