९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बुटवल । केटा साथीसँग लजमा गएकी १७ वर्षीय किशोरीको मृत्युको घटना बलात्कारपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको छ । पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं १२ की १७ वर्षीय किशोरीलाई पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६, त्रिवेणीमा रहेको होटेल शाही प्यालेसमा लगेर बलात्कार पछि हत्या गरेको भन्दै किशोरीका बाबुले प्रहरीमा उजुरी दिएका हुन्।किशोरीका बाबुले होटलमा लैजाने १७ वर्षीय किशोरको विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्वामा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए।

Advertisement

गत साउन २२ गते बलात्कार र हत्याका आरोपित किशोरले १७ वर्षीय किशोरीलाई त्रिवेणीमा रहेको होटेल शाही प्यालेसमा लिएर गएको केही बेरमा किशोरीको स्वास्थ्यमा समस्या आएको भन्दै सहिद स्मृति अस्पताल चौपत्ता पुर्‍याएको अनुसन्धानबाट खुलेको डिएसपी गिरीले बताए।

अस्पताल पुर्‍याएको केही समयमै अस्पतालले किशोरीलाई मृत घोषणा गरेको थियो । किशोरीको मृत्यु लगत्तै फरार भएका किशोरलाई अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।मृतक किशोरीका बुबाले पश्चिम नवलपरासी प्रहरीमा दिएको उजुरी आफुहरुकोमा आएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए।

गिरीका अनुसार मृत किशोरीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको र शव परिवारलाई हस्तान्तरण गरिएको छ । प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान हत्या भएकै दिनबाट सुरु गरेको, होटल सञ्चालक तथा फरार किशोरका साथीहरू र किशोरले प्रयोग गरेको मोटरसाइकल धनीसँग यस अघि नै सोधपुछ गरिएको र पोस्टमार्टम रिपोर्ट आए पछि थप कुराहरू बताउन सकिने गिरीले बताए। मृतक र आरोपित दुवै किशोर किशोरी भएकाले नाम उल्लेख गर्न नमिल्ने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो