ताजा अपडेट »

‘काठमाण्डौं जत्तिकै गुणस्तरीय शिक्षा प्रदान गर्न बुटवल सक्षम छ’

आइतबार, २६ साउन २०७६, १७ : १०
6 Shares

वि.स. २०६२ सालदेखि विविएस तथा ०६३ सालदेखि विएड कार्यक्रमको सम्बन्धन प्राप्त बुटवल–८ सुख्खानगरमा अवस्थित अक्सफोर्ड कलेजले विद्यार्थीहरुका लागि थप नयाँ कार्यक्रमहरु सञ्चालनमा ल्याएको कलेजले बताएको छ । अक्फोर्ड एकेडेमी अन्तरगतको यस कलेजले स्थापनाकालदेखि नै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा पहिचान बनाउँदै आएको कलेको दाबी छ । संघीय राजधानी पछिको दोस्रो ठूलो शैक्षिक हबका रुपमा विकसित हुँदै गरेको बुटवलन नगरीमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नका लागि अवसरसँगै चुनौतीहरु समेत थपहुँदै आएका छन् । मुलुक संघियतामा गएसँगै प्रदेश ५ को अस्थाई राजधानी रहेको बुटवलले अब स्थानीय स्तरमा नभई देशको राजधानी काठमाण्डौका शैक्षिक संस्था लगायत ७ वटै प्रदेशसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यसै विषयमा रहेर अक्सफोर्ड कलेज बुटवलका प्रमुख मनोज मरासिनीसँग डि.बी. सुस्लिङले गरेको कुराकानी ।

अक्सफोर्ड शैक्षिक गतिविधि के-कसरी सञ्चालन हुँदैछन् ?
झन्डै १५ वर्ष ब्याच्लर लेभलको शैक्षिक यात्रा तय गरिसकेको यस कलेजले विद्यार्थीका लागि थप नयाँ कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । विविएस तथा विएडपछि नयाँ कार्यक्रमका रुपमा यस कलेजले प्राविधिक शिक्षातर्फ बिआई एम र बिएचएम कार्यक्रम सञ्चालन गरेका छौं । ८ सय ७५ जना विद्यार्थीले अध्ययन गरिरहेको यस कलेजले शैक्षिक उत्कृष्टतालाई कायम राख्दै थप शैक्षिक सफलताका लागि प्रयासरत छौं ।

स्थानीयस्तरमा भन्दा पनि देशको राजधानी काठमाण्डौंका शैक्षिक संस्थासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ नि !
पक्कै पनि मुलुकको राज्य संरचना परिवर्तन भएको छ । प्रदेश–प्रदेश बीचमा शैक्षिक प्रतिस्पर्धा हुने बेला आएको छ । त्यसैले बुटवलका शैक्षिक संस्थाहरुले अब देशकै उत्कृष्ट शैक्षिक गन्तव्य रुपन्देहीलाई बनाउनका लागि कस्सीनुपर्ने बेला आएको छ । दक्ष जनशक्ती र सुविधा सम्पन्न भौतिक वातावरणको व्यवस्था गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । यसका लागि हामी सधै तत्पर र क्रियाशील छौं । उत्कृष्ट र गुणस्तरीय शिक्षाका लागि विद्यार्थीले अब देशको राजधानी ताक्नुपर्ने बाध्यता छैन, उत्कृष्ट शैक्षिक गतिविधि सञ्चालनका लागि हामी तयार भइसकेका छौं ।

प्राय शैक्षिक संस्थाहरुले आफूलाई उत्कृष्ट भएको स्वघोषणा गर्ने प्रचलन छ नि !
हामीले सस्तो प्रचार र नाम कमाउनका लागि आफूलाई उत्कृष्ट दाबी गरेका छैनौ । विगतमा यस शैक्षिक संस्थाले प्राप्त गरेका शैक्षिक उपलब्धीहरुलाई मूल्याङ्कन गरेर नै यस क्षेत्रमा अक्सफोर्ड कलेज उत्कृष्ट शैक्षिक संस्था हो भनेका हौं । विगतमा यस कलेजका विद्यार्थी बिमाकुमारी सापकोटाले शिक्षा संकायमा नेपाल टप भएकी थिइन् । त्यसैगरी व्यवस्थापन संकायमा अप्सरा भुझेल नेपाल दोस्रो हुन सफल भइन् । यी उदाहरणहरुले पनि हाम्रो स्तर निर्धारण गरेको छ । अक्सफोर्ट कलेज एक शैक्षिक संस्था नभएर उत्कृष्ट ब्राण्डको रुपमा परिचय बनाउन सफल भइसकेको छ ।

देशका उत्कृष्ट र अब्बल भनिएका प्राय शैक्षिक संस्थाहरु महँगो हुने गर्छन, अक्सफोर्ड कस्तो कलेज हो ?
स्वभाविक रुपमा आम शैक्षिक संस्था भन्दा केही महँगो हुन सक्छ । प्रविधि युक्त कक्षा कोठा, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त शैक्षिक व्यक्तित्वहरुबाट पठन-पाठन लगायत कारणले गर्दा केही महँगो हुनु स्वभाविक हो । शिक्षा ब्यापार होइन, सेवा हो भन्ने हामीले बुझेका छौ, नाफा कमाउने भन्दा भढी हामी शैक्षिक गुणस्तर कायम गर्ने र स्तरीय सेवा प्रदान गर्ने कुरामा केन्द्रीत भएका छौ ।

स्नातक तहको भर्ना चलिरहेको छ, यस समयमा विद्यार्थी तथा अविभावकलाई तपाईको के सन्देश छ ?
अविभावकहरुको विश्वास, विद्यार्थीहरुको मेहनत र हाम्रो सही व्यवस्थापनका कारण नै हामी यो ठाउँमा आउन सफल भएका हौं । उहाँहरुले जति हामीलाई विश्वास गर्नुभएको छ, आगामी दिनमा पनि विश्वास पाईराख्न यस कलेजका सबै शैक्षिक गतिविधिहरुलाई थप परिमार्जित र परिस्कृत गर्दै उत्कृष्टता हासिल गर्नेतर्फ अग्रसर हुने छौं । गुणस्तरीय शिक्षाका लागि राजधानी ताक्नुपर्ने बाध्यता अन्त्य भएको छ, काठमाण्डौंका शैक्षिक संस्थाहरुले दिने शैक्षिक गुणस्तर हामीले पनि दिन सक्छौ त्यसैले राजधानी ताक्ने मनस्थिति बदल्न विद्यार्थीहरुलाई आग्रह गर्न चाहान्छु । अक्सफोर्ड मात्र होइन अन्य थुप्रै शैक्षिक संस्थाहरु पनि राजधानीको जत्तिकै स्तरीय शैक्षिक गतिविधि सञ्चालन गर्न सक्ने भइसकेका छन् । सबै अविभावक तथा विद्यार्थीलाई फेरीपनि भन्न चाहान्छु, राजधानीको सपना अब बुटवलमै पुरा हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।