६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकारको सुरक्षा र समाचारका विषयमा छलफल गर्ने गरि फ्रि मिडिया नेटवर्कलाई पुन: सक्रिय बनाएको छ । इन्टरनेश्नल अलर्टसँगको सहकार्यमा महासंघले पत्रकारहरुको भौतिक सुरक्षा तथा मिडियामा आएका समाचारहरुका बिषयमा छलफल गर्ने गरि नेटवर्कलाई सक्रिय बनाएको हो । सोमबार भएको छलफलमा पत्रकारिता पेशा समाजको मार्गदर्शन गर्ने पेशा भएकाले जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । छलफलमा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य खेम लुइँटेलले सुचनाको पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्दा त्यो विश्वसनिय हुने बताए । उनले हरेक क्षेत्रमा शुद्धिकरणको आवश्यकता रहेको बताए ।

यसैगरि छलफलमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका उपसचिव सन्तोष भट्टराईले राजनीति भन्दा माथि उठेर नागरिकका सवाल ल्याउन पत्रकारहरुलाई सुझाव दिए । इलाका प्रशासन कार्यालय बुटवलका शाखा प्रमुख राजकुमारी गौतमले पत्रकारिताका सवालमा छलफल हुने कुरा सकरात्मक भएको भन्दै पत्रकार सुरक्षामा प्रशासन संवेदनशिल भएको बताइन । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले समाचार लेखेकै कारण पत्रकार असुरक्षित हुने अवस्था आउन नदिने बताए । बुटवल उपमहानगर वडा न. ४ का वडाअध्यक्ष टंक पराजुलीले पत्रकारिताले समाजलाई नै डोर्याउने भएकाले जिम्मेवार हुनुपर्ने बताए । उक्त छलफलमा नेपाल पत्रकार महासंघ रुपन्देहीका निर्वतमान अध्यक्ष तथा सल्लाहकार यानेन्द्र जिसिले विगतदेखि नै फ्रि मिडिया नेटवर्क मार्फत छलफल हुने गरेको बताउँदै यूटुबर सामाजिक सञ्जाललाई हेरेर पत्रकारिताका बारेमा आलोचन नगर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा नेटवर्ककका संयोजक रामराज पोख्रेलले पत्रकारको सुरक्षा, समाचारका बिषयमा सरोकारवालाहरुसँग छलफल गरेर पत्रकारितालाई समेत सुधार गर्ने उद्धेश्यले नेटवर्कको गठन गरिएको बताए । उक्त अवसरमा उच्च अदालत तुल्सिपुर बुटवल बार एसोसिएशनका सचिव गोविन्द प्रसाद मरासीनी, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष माधव पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष रीमा बिसिले बोल्दै कोरोना महामारीले पत्रकारिता पेशामा नयाँ चुनौती देखा परेको बताए । महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत तथा सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो