१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

कर्णाली । कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखिएको छ । सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो । ती जिल्लामा खोप भण्डारणको समस्याले गर्दा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले तत्काल आवश्यक खोप मात्र आपूर्ति गर्दै आएको छ ।

Advertisement

निर्देशनालयका अनुसार कर्णालीका हुम्ला, मुगु र डोल्पा जिल्लामा नेपालगञ्जस्थित क्षेत्रीय मेडिकल स्टोरबाट हवाइजहाज तथा बाँकी जिल्लामा स्थलमार्ग बाटै ढुवानीको व्यवस्था मिलाइएको छ । “कर्णालीका धेरैजसो जिल्लामा खोप भण्डारणको समस्या छ, जसले गर्दा आवश्यक खोप एकैपटक पठाउन सकिएको छैन”, निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नोदनारायण चौधरीले भने, “भएका कोल्ड स्टोरमा पनि सबै खोप अट्न सक्ने क्षमता छैन ।” उनले सुर्खेत, दैलेख, सल्यान र रुकुमपश्चिममा निर्देशनालयकै रेफ्रिजरेटर भ्यानले खोप ढुवानी गर्ने गरिएको बताए ।

पाँचौं चरणको खोप अभियानअन्तर्गत हाल कर्णालीका सबै जिल्लामा भेरोसेल र जेन्सन एण्ड जोन्सन खोप अभियान सञ्चालन भइरहेको छ । उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएका स्थानीय तहमा भेरोसेल खोप लगाउन थालिएको छ । ती क्षेत्रमा १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

कोल्ड स्टोरको समस्याले पटक–पटक खोप ढुवानी गर्नुपर्ने बाध्यता रहेको निर्देशनालयका कर्मचारी बताउँछन् । सुर्खेत, दैलेख, कालीकोट, सल्यान, जाजरकोट र रुकुम पश्चिममा जेन्सन एण्ड जोन्सन तथा बाँकी जिल्लामा भेरोसेल खोप लगाउन थालिएको छ । नियमित खोप कार्यक्रमका कारण कतिपय जिल्लामा कोरोना विरुद्धको खोप लगाउन ढिलाइ भएको निर्देशनालयको भनाई छ ।

साढे दुई लाख बढीले खोप लगाए

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले हालसम्म कर्णालीमा दुई लाख ५९ हजार ७४७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ । यहाँ खोप लगाउनुपर्ने लक्षित वर्गको कूल जनसङ्ख्या १० लाख ९४ हजार ४४७ छ । पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि यो सङ्ख्या बढ्ने बताइएको छ । विसं २०७७ माघ १४ गतेदेखि शुरु भएको खोप अभियानको पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । यो खोप एक लाख आठ हजार ४८६ जनाले लगाएका थिए । ‘कोभिशिल्ड’ खोप प्राप्त नभएका कारण ८२ हजार ६७० जनाले अझै दोस्रो मात्रा लगाउन पाएका छैनन् । रासस

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ