१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । फ्रेन्चफ्राई अहिलेका युवा एवं जुनसुकै उमेर समुहका ब्यक्तिको रोजाईमा पर्न सफल खानेकुरा हो । नेपालमा उत्पादन नहुने यो बिदेशबाट आयात हुँदै आएको छ । यसैलाई हटाउनको लागि रुपन्देहीमा डेढ अर्ब बढिको उद्योग खुल्न थालेको हो ।फ्रेन्च फ्राई तथा आलुका विभिन्न परिकारहरु उत्पादन गर्ने गरी रुपन्देहीमा नयाँ उद्योग सञ्चालनमा तयारीमा जुटेको छ । रुपन्देहीमा विगत लामो समय देखि मासु र मासुजन्य उत्पादनको उद्योग सुपर क्वालीटी मिट प्रशोधन उद्योग सञ्चालन गर्दै आएका कृष्ण प्रसाद पौडेलको लगानीमा आलु सम्बन्धी विभिन्न परिकार उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा आउन लागेको हो ।

Advertisement

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मैनैहामा करिव डेढ अर्व लगानीमा उद्योग सञ्चालन हुँदैछ । खासगरी स्वदेमा नै उत्पादन हुने आलुको उपयोग गरी आलु जन्य विभिन्न परिकारहरुको आयात विस्तापित गर्ने उदेश्य सहित उद्योग नयाँ बर्ष देखि उत्पादन सुरु हुन लागेको हो ।

कम्पनीका सञ्चालक कृष्ण प्रसाद पौडेलका अनुसार प्रति मिनेटमा ३ टन आलु खपत गरी २ टन आलु जन्य बस्तु उत्पादन गर्ने क्षमताको उक्त उद्योग सञ्चालनको अन्तीम तयारीमा रहेको छ । जसको लागि हाल विभिन्न पुर्वाधार निर्माणको काम अन्तीम चरणमा पुगेको छ ।
कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी किसानहरुलाई आलु खेतीमा प्रोत्साहन गर्ने र उत्पादन पछिको खरिदका लागि ग्यारेन्टी समेत गर्ने गरी आलु खेती विस्तार गर्नको लागि हाल अभियान नै सञ्चालन गरेको छ । सञ्चालक पौडेलका अनुसार डेढ अर्वको लगानीमा पुर्णरुपमा रोवर्टेड स्वचालित उद्योग नेपालको पहिलो उद्योगको रुपमा हुने छ ।वि.स. २०८२ साल सम्ममा नेपालमा आलुजन्य विभिन्न उत्पादन आयात विस्तापित गर्ने उदेश्यका साथ यो परियोजना सञ्चालन गरिएको कम्पनीका व्यवस्थापक अनिश कुमार खड्का बताउँछन् ।

उनका अनुसार नेपालमा उत्पादन भएको आलु फ्रेन्च फाई, आलु चिप्स, आलु रिङ्ग, आलु टिक्का, आलु रोल सहितका विभिन्न परिकारहरु उद्योगले बंगलादेश, भारत पाकिस्थान, लगायतका देशमा विक्रि गर्ने योजना समेत राखेको छ ।फष्ट च्वाईस फुट्स प्राालि नाम दिएर सुरुवात गरिएको कम्पनीले नेपालका किसानहरुलाई आलु खेतीमा विशेष प्रोत्साहन गर्ने गरी योजना समेत ल्याएको छ । विउ, मल, प्राविधिक सेवा लगायत सबै उत्पादन पुर्व उपलब्ध गराउने, उत्पादन पश्चात खरिद गर्ने ग्यारेन्टी सहितको योजना कम्पनीले ल्याएको छ।

कम्पनीमा आवद्ध आलु विशेषज्ञ डा. श्याम प्रसाद ढकालका अनुसार हाल नेपालमा अरवौको आलु र आलुजन्य परिकारर आयात हुदै आएकोमा स्वदेशी किसानहरुलाई नै आलु खेतीमा प्रोत्साहित गरी स्वदेशमै उत्पादत बस्तु विदेश निर्यात गरेर आलु आयात प्रतिष्थापन गर्ने गरी कम्पनीले काम गर्ने जानकारी दिए । जसको लागि कम्पनीले ट्स्यु कल्चर सहितको प्रयोगशाला स्थापना सहित विभिन्न स्थानमा कोल्डस्टोर समेत निर्माण गर्ने छ । भने दाङ, भैरहवा, बाँके, बर्दियामा भएका चिस्यान केन्द्रमा आलु संकलन तथा स्टोर गरी आवश्यकता अनुसार प्रयोग गर्ने छ । उद्योगबाट फ्रेन्च फ्राई, पोटाटो नगेट्स,चिप्स,समोसा,पकौडा,बल्स आदि एक दर्जन परिकार उत्पादन गर्ने छ ।

ट्रकबाट मेसिनमा आलु खसालेपछि चाहेको परिकार तयार भएर आउने गरी मेसिन जडान हुदै छन । उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आलुको आपुर्तिका लागि प्रालिले पहिलो चरणमा ५ हजार किसानमार्फत ६०० हेक्टरमा, दोस्रो चरणमा २० हजार बढी किसानमार्फत १८०० हेक्टरमा र तेस्रो चरणमा ५० हजार किसानलाई आलु खेतीमा आवद्ध गराउने योजना बनाएको छ ।आलु खेतीका लागि प्रालिले कन्ट्याक्ट फार्मिङको अवधारणा अनुसार रुपन्देहीको शुद्धोधन र तिलोत्तमा नगरपालिका तथा दाङ, बर्दिया, बांके लगायतका जिल्लाका किसानलाई निःशुल्क बिउ, मल र प्रविधि उपलब्ध गराउने नीति बनाएको सञ्चालक पौडेलले बताए । किसानले दुई सिजन आलु उत्पादन गर्न सक्ने र उत्पादित आलु उद्योगले उचित मूल्यमा खरिदको सुनिश्चितता गरिदिने छ ।

उद्योगका उत्पादन नेपालसहित बंगलादेश,मलेशिया,कतार,दुबई लगायतका देशमा विक्रि गर्ने प्रालिको लक्ष्य रहेको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउंदा सय जना बढीले प्रत्यक्ष रोजगारी पाउने प्रालिले जनाएको छ ।शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले नयाँ स्थापना गर्न लागेको उद्योगले किसानको उत्पादनको ग्यारेन्टी सहित स्थानिय रोजगारी समेत सृजना हुने भएको कारण आफुहरु जहिले पनि सहयोगी भुमिकामा रहने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप