२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

काठमाडौँ । तालिबान विद्रोहीहरूले सेबेरघान सहरमाथि कब्जा जमाएका छन् । विद्रोहीले २४ घण्टाभित्र दोस्रो प्रान्तीय राजधानीमाथि कब्जा जमाएको सहरका डेप्यूटी गभर्नरले जानकारी दिएका छन् ।

Advertisement

जवजान प्रान्तको राजधानी सेबेरघनका डेप्यूटी गभर्नर कादेर मालियाका अनुसार सरकारी फौज र अधिकारीहरू यति बेला उत्तरी अफगान सहरको विमानस्थलमा एकीकृत भएका छन् । उनीहरूले त्यहाँ आफूलाई जोगाउने प्रयास गरिरहेका छन् । ‘दुर्भाग्यवश सहर ढल्यो,’ मालियाले एएफपीलाई भने, ‘सरकारी फौज र अधिकारी भागेर विमानस्थलमा पुगेका छन् ।’

तालिबानले पनि सेबेरघन सहर आफ्नो कब्जामा आएको विज्ञप्ति जारी गरेको छ । सरकारले भने तालिबानले सहरमा पूर्ण रूपमा नियन्त्रण कायम गरिनसकेको दाबी गरेको छ । गृह मन्त्रालयले ‘काउन्टर’ कारबाही गर्नका लागि त्यस क्षेत्रमा थप सेना, विशेष फौज पठाउनुका साथै हवाई कारबाही पनि सुरु गरिएको बताएको छ ।

प्रान्तीय काउन्सिलर विस्मिल्लाह साहिलले तालिबानले गर्भनरको कार्यालय, प्रहरी हेडक्वार्टर र केन्द्रीय कारागारमा कब्जा गरेको बताएका छन् । सरकारी फौजले विमानस्थल लगायत स्थानमा विद्रोहीसँग भिडन्त गरिरहेको जवजानका सांसद करिम जवजानीले जानकारी दिएका छन् ।

यो सहर कुख्यात अब्दुल रसिद दोस्तुमको पनि घर हो । उनी गत हप्ता मात्र टर्कीमा उपचारपछि फर्किएका थिए । उनीसँग उत्तरमा ठूलो मिलिसिया रहेको छ । सन् १९९० मा तालिबानविरुद्धको लडाईंका लागि उनी चर्चित छन् । शनिबार दोस्तुमले अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई भेट गरेका थिए ।

अमेरिकी सेना फर्किएसँगै तालिबानले अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्रमा कब्जा जमाइसकेको छ । यति बेला तालिबानले सहर केन्द्रित कारबाहीहरू गरिरहेको छ । शुक्रबार मात्र तालिबानले निमरुज प्रान्तको राजधानी जारान्जमाथि कब्जा जमाएको थियो ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता