२१ माघ २०७९, शनिबार

Feb 4, 2023

काठमाडौँ । नेपालमा ९१ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

Advertisement

प्राधिकरणको तथ्याङ्कअनुसार जेठसम्म दुई करोड ७७ लाख छ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत वैशाख महिनाको तुलनामा जेठमा तीन लाख ३१ हजार ४२२ बढी प्रयोगकर्ता थपिएका हुन् । गत वैशाखमा दुई करोड ७३ लाख ७५ हजार बढी प्रयोगकर्ता थिए । उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । जेठसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ६८ प्रतिशत छ ।

एक करोड २० लाख ५२ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । यसमा सबैभन्दा धेरै टेलिकमको ९५ लाख ९० हजार र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ । गत वैशाखमा एक करोड १९ लाख ५६ हजार प्रयोगकर्ता रहेकामा जेठमा करिब ९६ हजार बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन् । फिक्स ब्रोडब्याण्डको हिस्सा २५ दशमलव २७ प्रतिशत रहेको छ । यसमा एडिएसएलका सात लाख ८५ हजार र एफटिटिएच इन्टरनेट पाँच लाख ५६ हजार बढी रहेका छन् ।

घट्दै फोरजीका प्रयोगकर्ता
पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म ७६ लाख ९७ हजार ८६३ जना फोरजीका प्रयोगकर्ता रहेकामा जेठमा ७६ लाख ६४ हजार ४५९ पुगेको छ । गत वैशाखकोे तुलनामा जेठमा ३३ हजार ५०४ जनाले कमी आएको छ ।

नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको छ । दश महिनामा सो कम्पनीका फोरजीका ग्राहक ४८ लाख पाँच हजार पुगेको छ । गत चैत महिनामा ५० लाख १७ हजार १७० रहेको जनाइएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) नेपाल टेलिकमले २१ हजार बढी फोरजी प्रयोगकर्ता थपेको छ । वैशाखसम्म टेलिकमसँग २६ लाख ८६ हजार प्रयोगकर्ता रहेकामा जेठ महिनामा २७ लाख सात हजार ४२९ पु¥याएको प्राधिकरणले जनाएको छ ।

यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ५१ हजार ७१५ पुगेको छ । गत वैशाखसम्म स्मार्टका प्रयोगकर्ता दुई लाख छ हजार ३९३ जना रहेका थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै