१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

साउन १६,
काठमाण्डौं । यस वर्षको अटो शो आगामी भादौ १० गतेदेखि काठमाडौंको भृकुटीमन्डपमा आयोजना हुनेछ । जापानी मोटर उत्पादक कम्पनी डाट्सनको लागि नेपालको आधिकारीक बिक्रेता पायनियोर मोटो कर्पले यस पटकको नाडा अटो शोमा नेपालमा नै सबैभन्दा सस्तो कारको बिक्रीलाई प्राथमिकता दिने भएको छ ।

कम्पनीले रेडि गोको फेसलिफ्ट मोडललाई नाडा अटो शोमा राख्ने भएको हो । ७९९ सीसी इन्जिन क्षमताको उक्त स्मल ह्याचव्याक कार नेपाली बजारमा बिक्री हुने सबैभन्दा सस्तो आइसी इन्जिन यूक्त कार हो । कम्पनीले यसलाई नेपाली बजारमा १९ लाख ९९ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनीले न्यू गो मोडललाई पनि नाडा अटोमा प्राथमिकतामा राख्ने जनाएको छ । नयाँ गो मोडलको मूल्य २५ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । ‘नाडामा हामीले विशेष अफर के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं, अहिले स्टलको डिजाइन निर्माण लगायतका काम गरिरहेका छौं । चाँडै अन्य कुराहरुको विषयमा छलफल गर्दै निष्कर्षमा पुग्ने छौं’ कम्पनीका महाप्रबन्धक ज्ञानेन्द्र चन्दले भने ।

आफुहरुले ग्राहकलाई वेष्ट दिन प्रयास गर्ने र अटो शोमा आउने अवलोकनकर्ताले निरास हुनु नपर्ने चन्दले दाबी गरे । डाट्सन नेपाली बजारमा कम मूल्यका गाडी बिक्रीको लागि उत्तम विकल्पको रुपमा अगाडि आइरहेको ब्रान्ड हो । नाडा अटो शोको मिति नजिकिएसँगै कम्पनीहरु अटो शोको तयारीमा जुटेका छन् । १८ वटा चारपाङ्ग्रे सवारी बिक्रेता कम्पनीले भागलिने उक्त मेलामा कुन कम्पनीले कस्तो अफर दिने छ भन्ने सबैको चासो हुने गरेको छ ।चारपाङ्ग्रे सवारीसाधनको बिक्री अत्यन्त न्यून रहेको समयमा हुन गइरहेको अटो शोले समग्र क्षेत्रलाई नै चलायमान बनाउने अपेक्षा गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

डेंगुबाट थप दुई जनाको मृत्यु वनको संरक्षण र विकासमा चारपाला बुटवलमा सडकमा खुल्ला दुध बेच्न रोक ‘चाडपर्वको बेला सवारी दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुनु पर्छ’ बुटवलका ५२ जना किसानलाई प्रोत्साहन अनुदान दिने निर्णय कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित)