ताजा अपडेट »

प्रधानमन्त्री ओलीको नाममा बन्यो अश्लील वेभसाइट

मंगलबार, १४ साउन २०७६, ११ : ५६
6 Shares

साउन १४,
काठमाण्डौं । काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा अश्लील वेभसाइट खोलेको भेटिएको छ ।

प्रधानमन्त्रीको नामा केपी शर्मा ओली डटकम नामक वेभसाइट खोलेर अश्लिल सामाग्री राखिएको भेटिएको हो । उक्त वेभसाइट प्रधानमन्त्रीको आधिकारिक वेबसाइट भने होइन। प्रधानमन्त्रीको आधिकारिक वेबसाइट केपीशर्मा ओली डटकम डट एनपी हो। तर प्रधानमन्त्रीको नाममा रहेको आधिकारिक वेबसाइटको पछाडि डट एनपी हटाएर मिल्दोजुल्दो खोलिएको हो । तर उक्त अश्लील वेभसाइट कसले खोलेको हो भनेर प्रस्ट भइसकेको छैन ।

प्रधानमन्त्रीको नाममा रहेको अश्लील वेभसाइट खोल्दा चिनियाँ भाषामा केही अक्षरहरु देखिन्छन् भने साइटको दायाँतिर एक नग्न युवतीको फोटो छ। ओलीको नाममा अश्लील वेभसाइट खोलिएको भेटिएपछि प्रधानमन्त्रीको सचिवालयले केपीशर्मा ओली डटकम डटएनपी मात्र आधिकारिक वेबसाइट रहेको जनाएको छ। प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले अन्य मिल्दो जुल्दो पेज हेरी भ्रममा नपर्न आग्रह गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।