१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

मनाङ । प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले उनीहरुलाई करिव ३० किलो प्रतिबन्धित वन लसुन सहित पक्राउ गरेको जानकारी दिए ।

सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको बताइएको छ । उनीहरुले नार्पाभूमिको नार गाउँका कृषकहरुबाट प्रतिकेजी चार हजारको दरले किनेर ल्याएको उनले बताए। बरामद गरिएको वन लसुन नासों गाउँपालिका –५ थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका ४६ वर्षीय छिरिङ बुन्जो लामालाई बिक्री गर्ने तयारी गरेकोे प्रहरीले जनाएको छ । उच्च पहाडी क्षेत्रको २ हजार ५०० देखि ५ हजार उचाइसम्म पाइने वन लसुन यार्सागुम्बा सङ्ंकलन सकिएपछि जेठ असारमा सङ्कलन गरिन्छ । लेकमा पाइने वन लसुन घाउ चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिइने बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’