१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित सुन्तलेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार आयोजनामा कार्यरत प्राविधिक कर्मचारी सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २० वर्षीय प्रमोद कुँवरको मृत्यु भएको हो।

विद्युत् जडानमा खटिइरहेको अवस्थामा आज अचानक करेन्ट लागेर कुँवरको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कैलाशकुमार अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । उक्त आयोजनामार्फत उत्पादित विद्युत् सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नं ६ मेहेले तथा सिरिजङ्घा–२ आम्बेगुदिनका उपभोक्ताले उपभोग गर्दै आएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’