१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023


बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका १५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन आश्रममा खाद्यन्न सहयोग गरेको छ । क्लवले लायन्स वर्ष २०२१/ २२ को पहिलो कार्यक्रमको रुपमा खाद्यन्न सहयोग गरेको हो । लायन्स क्लब अफ बुटवल खस्यौलीका अध्यक्ष लायन बिष्णु प्रसाद उपाध्यायको नेतृत्वको कार्यकाल सुरुवात भएसँगै अपाङ्ग आश्रममा आश्रित बालबालिका तथा दृष्टिविहीनहरुका लागि खाद्यन्न लगाएतका सामग्रीहरु सहयोग गरेको हो ।

क्लबका संस्थापक अध्यक्ष तथा लायन्स जिल्ला परिषद ३२५ बी २ का एम जे एफ कोर्डिनेटर लायन मुक्ति प्रसाद श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष तथा एरिया चार कोषाध्यक्ष ज्ञान बहादुर पुन, निर्वतमान अध्यक्ष तथा जोन चेयरपर्सन राजु पौडेल, पूर्व अध्यक्ष लायन राजु पान्डे लगाएतको सहभागितामा खाद्यन्न वितरण गरेको थियो । क्लबका टेलटुइस्टर अनिल पौडेलको स्वागत मन्तब्य रहेको खाद्यन्न बितरण कार्यक्रममा आश्रमका तर्फबाट बोल्दै उपाध्यक्ष लिल बहादुर रानाले कोरोना महामरीको दोस्रो लहरपछि आश्रममा दैनिक छाक टार्न समेत मुस्किल परेको अवस्थामा क्लबले खाद्यन्न सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए ।

यसैबीच क्लबको लायन्स वर्ष २०२१ /२०२२ को पहिलो बोर्ड तथा साधारण बैठक सम्पन्न गरेको छ । क्लबका नवनिर्वाचित अध्यक्ष विष्णु प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको बैठकले क्लवको तर्फबाट लायन्स जिल्ला परिषद ३२५ बी २ मा प्रतिनिधित्व गर्ने पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । त्यस्तै बैठकमा क्लबले मातृत्व प्रदान गरेका लियो क्लवबाट जिल्ला परिषद्मा प्रतिनिधित्व गर्ने लियो पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरेको छ । बैठकले क्लबले आगामी वर्ष गर्ने कार्यक्रमका कार्ययोजना लगाएतका बिषयमा छलफल भएको क्लबका सचिव बिकास गौतमले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग