Mar 30, 2023
काठमाडौं । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन्।
भ्रष्ट्राचार विरोधी सरकारी कर्मचारीको छवि बनाएर चर्चामा रहेका ५८ वर्षे सञ्जेलले ४० वर्ष ४ महिना ६ दिन सरकारी सेवामा रहेर असार १५ गते अवकाश पाएका हुन् ।
भ्रष्ट्राचारविरुद्ध खरो उत्रिने उच्च सरकारी कर्मचारीका रूपमा सञ्जेलले छुट्टै छाप बनाएर अवकाश लिदैँ सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गरेका छन् । ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’ उनले फेसबुकमार्फत् भने ।
सञ्जेलले २०३८ साल कात्तिक २८ गतेबाट खरिदारदेखि सरकारी सेवा सुरु गरेका थिए । उनी पछिल्लो समय श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत थिए । उनले सेवाअवधि विदेशमा समस्यामा परेकाको उद्धारमा सहयोग गर्ने, गैरकानुनी रुपमा विदेश पठाउने तथा कामदारलाई शोषण गर्ने उद्योग, कलकारखाना, होटल लगायतलाई कारबाही गर्ने पनि गरे।
‘हामी घुस खादैनौँ, तपाईं घुस दिन आउनुभएको भए उल्टै कारबाहीमा पर्नुहोला, हजुर सावधान १’ भन्ने उनको चर्चित नाराको चौतर्फी प्रशंसा हुने गरेको छ।
प्रतिकृया दिनुहोस्