७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

नवलपुर ।गत मंगलबार राती आएको अबिरल बर्षका कारण बर्दघाट नगरपालिकाका केही क्षेत्र सहित नवलपरासीका विभिन्न स्थान हरुमा डुवान भएको छ । बर्षका कारण आएको बाढी बस्ती भित्र पस्दा सयौँ घर परिवार प्रभावित भएका छन् ।बर्दघाट नगरपालिकाको वार्ड नं। ४ स्थित विषयघोलामा रातीको समयमा उच्च बाढि आउदा बर्दघाट ४ को स्मृति नगरको मुसहर बस्ती मा सयौँ घर प्रभावित भएको र केही घरहरु क्षती भएका छन् । प्रभावित परिवारलाई राती नै सुरक्षित स्थानमा लगिएको थियो ।

बर्दघाट ४ स्थित शिव स्मृति टोल विकास संस्थाको नेतृत्व र बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा बुधबार बिहान देखी सो प्रभावित स्थानका ५५ घर परिवारका १५० बढिलाई बाढिपिडित स्थित उत्पत्तेश्वर शिवालय मन्दिर प्राङगणमा दैनिक खाना नास्ताको व्यवस्था गरिएको टोल विकास संस्थाका अध्यक्ष रमेश ज्ञवाली ले जानकारी दिए ।बुधबार नै प्रभावित स्थानमा गई नेपाल रेडक्रस सोसाईटी बर्दघाट शाखाको सहयोगमा प्रभावितलाई २३ थान कम्बल बितरण गरिएको सोसाईटीका शाखा अध्यक्ष नारायण अधिकारीले जानकारी दिए । सो प्रभावितहरुलाई खानाको सम्पुर्ण व्यवस्था नगरपालिकाले गरेको र विभिन्न संघ संस्थाको सहकार्यमा प्रभावितहरुलाई दैनिक खाना खुवाउदै आएको चौतारी युवा प्रतिष्ठानका सल्लाहकार जनक रावलले वताए ।

क्षती ग्रस्त ५५ घर मध्ये २७ घर पुर्ण क्षती भएको र घर मर्मत नहुदाँ सम्मका लागी उधोग वाणिज्य संघको सभाहल बाढि पिडित र मन्दिरको सभाहलमा प्रभावितहरुलाई सुत्ने व्यवस्था मिलाईएको टोल विकास संस्थाका अध्यक्ष ज्ञवालीले बताए ।रातीको समयमा अचानक आएको बाढिले बिषयघोलाको डिल भत्काई बस्ती भित्र बाढि पसेको हुदाँ सो डिल तत्काल तटबन्धन गरी र अन्य पानी बग्न अवरोध हुने स्थानको तत्काल निकास निकाली समस्याको समाधान गर्न स्थानिय सरकारसंग स्थानियले माग समेत गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने