ताजा अपडेट »

तीन ग्लोबल ग्रान्टसहित ५० बढी परियोजना गर्ने तयारीमा रोटरी बुटवल डाउनटाउन

विहीबार, १७ असार २०७८, २० : ३२
38 Shares
विहीबार, १७ असार २०७८
38 Shares

बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले आगामी वर्षमा ३ वटा ग्लोबल ग्रान्ट सहित ५० बढि परियोजना गर्ने भएको छ । आगामी वर्ष गर्ने कामबारे जानकारी दिदै वर्ष २०२१÷२२ का नवनिर्वाचित अध्यक्ष जबिन कक्षपतिले आफ्नो कार्यकालमा विशेष परियोजनाहरु गरिने उल्लेख गरे ।

विश्वव्यापी कोरोना महामारीको पहिलो र दोस्रो लहरलाई समेत मध्ययनजर गर्दै आगामी दिनमा आवउन सक्ने अवस्थालाई समेत पूर्व तयारीलाई प्राथमिकतामा राखिएको उनले बताए । लुम्बिनी आयुर्वेद अस्पताल, आम्दा अस्पताल र हिलपार्कमा शुद्ध पिउनेपानी ब्यवस्थापन गर्ने मुख्य योजनाहरुका साथै नियमित रक्तदान, वृक्षारोपण, स्वस्थ्य, महिला सशक्तिकरणका तालिमहरु, गरिब जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरणलाई निरन्तरता दिने उनले जानकारी गराए । रोट्याक्ट, ईन्ट्राक्ट गठन गर्ने साथै युवा र दुब्यसनीको विषयमा सचेतना र अन्तरक्रिया गरिने उल्लेख गरेका छन् ।

ठूला परियोजनाका लागि संयोजकहरु शिव ज्ञवाली, नर बहादुर श्रीष, राजेन्द्र ढकाल संयोजक चयन गरिएको अध्यक्ष कक्षपतिले जानकारी दिएका छन् । यसैगरि ‘हराभरा बुटवल, सुन्दर शहर बुटवल’ नारालाई सफल बनाउन मिलन हलदेखि मिलन चोकसम्म गरिएको वृक्षारोपण र संरक्षणको कामलाई निरन्तरता दिदै आएकोमा त्यो स्थानमा डिभाईडर निर्माणको काम अघि बढेकाले उक्त कार्यका लागि क्लबबाट सहकार्य रहने उल्लेख गरे ।

भावि योजनाका रुपमा क्लबको भवनमा तल्ला थप्ने, श्रमजिवि पत्रकारसंग सहकार्य गर्दै सामाजिक कार्यमा लाग्ने लगायतका द्देश्यहरु प्रस्तुत गरेका छन् । वर्षभरि करीब ३८ लाख बराबरको खर्च हुने गरि बजेट अनुमान रहेको उनले बताए । रोटरी जोन २० का एजी जीवन अधिकारीले शिक्षा, स्वस्थ्यका क्षेत्रमा निरन्तर काम गर्दै आएको रोटरी पछिल्लो समय कोभिड संक्रमणको बेला नेपालमा ८४ करोड बराबरको स्वस्थ्य सामग्रीहरु वितरण गरिएको बताए । सतप्रतिशत साक्षरता बनाउने अभियानमा नेपालमा अब काम गर्न नेपाल सरकारसंग सम्झौता गरेको उनले बताए ।

रोटरी डिष्ट्रिकका सन्सटेबल डेभलोपमेन्ट कमिटि चेयर राजेन्द्र ढकाल अन्तराष्ट्रिय नारा पोलियो उन्मुलन र साक्षरता अभियानलाई सार्थक बनाउन काम गरेर सफलता हात पारेको भन्दै कोभिडको विषयमा गम्भीर रुपमा सरकारसंग सहकार्य गर्न चाहेको बताए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष भिमराज श्रेष्ठ, नर बहादुर श्रीष, पिताम्बर ज्ञवाली, प्रेसिन्डेन्ट ईलेक्ट भरत राना, उपाध्यक्ष कमला हमाल, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु केसीले सामाजिक क्षेत्रमा अग्रसर क्लबहरुको बारेमा पछिल्लोसमय टिकाटिप्पणी बढ्नु दुःखद भएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।