१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

गुल्मी । उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाइ दिन सबैसंग सहयोगको लागि अपील् गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५ निवासी ४३ वर्षका मृगौला पिडित रणबहादुर श्रेष्ठले सहयोगको याचना गरेका हुन् । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि श्रष्ठले ज्यान जोगाउन सहयोग मागेका हुन । दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका श्रेष्ठ बिगत ११ महिनादेखि अस्पतालमा उपचारत छन् ।

धन कमाउन भारत आउजाउ गर्ने उनी दुबै मृगौला खराव भएपछि गत वर्षको जेठमा घर फर्किएका हुन । मृगौला पिडित श्रेष्ठको आर्थिक अबस्था सार्है दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन् । श्रेष्ठसंँगै उनकी पत्नी र २ जना नाबालक छोरा आश्रित छन् । कमाउने र परिवारको भविष्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाँधमा छन् ।

श्रेष्ष्ठले गतवर्षको भदौदेखि काठमाडौंमा उपचार गराउदै आएका थिए । तर पछिल्लो समय यता काठमाडौं जान आउन धेरै खर्च लाग्ने भएपछि गौतम बुद्ध डाइलोसिक पाल्पामा हरेक हप्ताको दुई पट्क डाइलोसिस गराउदै आएका छन् । चिकित्सकले उनको नयाँ जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन् । स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पीडितले सहयोगको हार–गुहार गरेका हुन् ।

एपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ । पीडित श्रेष्ठ परिवारको रोजीरोटीका लागि रोजगारीका शिलशिलामा छिमेकी मुलुक भारत आवत–जावत गर्दै आएका थिए । उनलाई सहयोग गर्न इच्छुकले ९८४९९१०८८० मा सम्पर्क गर्न सक्ने उनका आफन्तले जनाएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे