२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

बुटवल । उप-प्रधान तथा गृहमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनसम्म सबै नागरिकलाई कोभिड विरुद्धको खोप उलब्ध गराइने दाबी गरेका छन् । सरकारले घोषणा गरेको निर्वाचन मितिसम्म सबैलाई खोप उलब्ध गराई मास्क खोलेर हिड्न सक्ने वातावरण सिर्जना गरिने बताए ।

Advertisement

विहिबार मात्रै अर्थसहित उद्योग बाणिज्य तथा आपुर्ती, उर्जा, जलश्रोत तथा सिञ्चाई गरी ५ मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आएका पौडेलले एक दुई हप्ताभित्रै कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरिने बताए । अब सुरु हुने खोप अभियान रोक्न नपर्ने गरी सरकारले तयारीमा लागेको उनले बताए । कोभिड विरुद्धको खोप नेपालमा उत्पादन नहुने र विश्व बजारमा समेत चरम अभाव भइरहेका बेला पनि सबै नागरिकलाई पुग्ने गरी खोप आयातको तयारीमा सरकार लागिरहेको पौडेलले बताए ।

कालिगण्डकी–तिनाउ भाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमा स्थापित कार्यालय उद्घाटन गर्दै उप-प्रधान तथा गृहमन्त्री पौडेलले विकास, समृद्धि र सामाजिक न्यायलाई आत्मसाथ गर्दै सरकार अगाडि बढिरहेको उल्लेख गरे । समय सामयीक राजनैतिक प्रसङ्गमा बोल्दै उनले राजनैतिक दलहरुलाई निर्वाचनसँग नडराउन आग्रह गरे । जनादेश अनुसार बहुमतको सरकारलाई काम गर्न नदिएपछि सिर्जिन राजनैतिक परिस्थितिसँगै बैकल्पिक सरकार समेत बन्न नसकेको अवस्थामा चिर्वाचननै अन्तिम र उत्तम विकल्प भएको उनले बताए ।

प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि प्रतिनिधि सभा विघटन भएर नयाँ जनादेशमा जान बाध्य भएको उनले बताए। अदालतमा यसबारे मुद्दामामिला चलेपनि  लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने उनको तर्क छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अरु दलहरूले सरकार बनाउन नसक्दा बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए। निर्वाचनमा जानुनै लोकतन्त्रको सर्वोत्तम अभ्यास हुने बताउँदै पौडेलले पार्टीका नेता कार्यकता तथा अन्य दलहरुलाई समेत निर्वाचनका लागि तयारी थाल्न आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ