बैतडी । पहिराका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिराका कारण बिहान ९:०० बजेदेखि राजमार्ग अवरुद्ध बनेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगातारको वर्षाका कारण खसेको पहिरो आज बिहान पनि खसेको हो ।
राजमार्ग अवरुद्ध हुँदा २० भन्दा बढी सवारी साधन रोकिएका प्रहरीले जनाएको छ । सवारी साधन रोकिँदा यात्रु बीच बाटामै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग सडक खुलाउने प्रयास भइरहेको केही घण्टाभित्रै सडक पुनः सञ्चालन हुने प्रहरीले जनाएको छ । उक्त ठाउँमा यसअघि पनि पहिरो खसेको थियो । यसअघि लगातारको वर्षाले गर्दा उक्त स्थानमा पहिरो खस्दा यही असार ५ गतेदेखि चारपटक राजमार्ग अवरुद्ध भइसकेको छ ।
प्रतिक्रिया