१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

म्याग्दी । यहाँका छ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु तीन अर्बभन्दा बढीको बजेट ल्याएका छन् । विसं २०७४ मा निर्वाचित भएका यहाँका पालिकाका पदाधिकारीले ल्याएको रु तीन अर्ब दुई करोड ५७ लाख ४९ हजार ८२० को पहिलो कार्यकालको अन्तिम बजेट सार्वजनिक गरेका हुन् । 

Advertisement

विगतकै परम्परागत शैलीमा ल्याइएको बजेट पूर्वाधार, कोरोना महामारी नियन्त्रण, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, कृषि, पशुपालन र खेल पूर्वाधारमा केन्द्रित छ । न्यून मात्रामा आन्तरिक स्रोत जुटाएका पालिकाको बजेट सङ्घीय तथा प्रदेश सरकारले पठाएको अनुदान र चालु आवमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटमा निर्भर छ । 

सामाजिक सुरक्षा भत्ता, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलब भत्ता र जनप्रतिनिधीको सुविधा ठूलो आकारको देखिएको स्थानीय तहको विकास बजेट कूल बजेटको करीब तिहाइ छ । रु चार करोड आन्तरिक आम्दानी गर्ने लक्ष्यसहित रु ६६ करोड पाँच लाख ६७ हजारको बजेट ल्याइएको बेनी नगरपालिकाले पूँजीगततर्फ रु २३ करोड २६ लाख ८५ हजार विनियोजन गरेको छ । 

पूर्वाधार विकासमा रु तीन करोड ५० लाख, सामाजिक विकासमा रु एक करोड ७५ लाख, आर्थिक विकासमा रु एक करोड ४० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु ७५ लाख, कोरोना नियन्त्रणमा रु ५० लाख, वर्षामा अवरुद्ध सडक मर्मतमा रु ७० लाख र समपूरक कोषमा रु तीन करोड ८५ लाख विनियोजन गरेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । 

नवौँ नगरसभामा उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गरेको बजेटमा छलफलका लागि सभाका सदस्यले समय मागेपछि आइतबारसम्म स्थगित गरिएको छ । यही असार ७ गते नै पारित भएको रघुगङ्गाको कूल रु ५३ करोड १९ लाख नौ हजार बजेटमध्ये पूँजीगत शीर्षकमा रु १४ करोड ७५ लाख विनियोजन गरिएको छ । 

रु एक करोड तीन लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको रघुगङ्गाले मौवाफाँटमा गाउँपालिकाको भवन बनाउन रु एक करोड ५० लाख, सडक पूर्वाधारमा रु नौ करोड ६७ लाख, शिक्षामा रु १४ करोड ७५ लाख, स्वास्थ्यमा रु सात करोड, कृषि, पर्यटन, सहकारीलाई रु दुई करोड विनियोजन गरेको अध्यक्ष भबबहादुर भण्डारीले बताए । 

सामाजिक सुरक्षा भत्ताबाहेक रु ४२ करोड ३० लाखको बजेट पारित गरेको अन्नपूर्ण गाउँपालिकाले पूँजीगत शीर्षकमा रु आठ करोड ९९ लाख ८० हजार र समपूरक कोषमा रु दुई करोड १३ लाख विनियोजन गरेको छ । सडक पूर्वाधार, भवन, खानेपानी, विपद् व्यवस्थापन, महामारी नियन्त्रण, शिक्षा, स्वास्थ्य र पशुपालनलाई प्राथमिकता दिएको अध्यक्ष डमबहादुर पुनले बताए । 

गुर्जा–१ र मल्कवाङ–५ का जनप्रतिनिधिको फरक मत राखेपछि बहुमतका आधारमा धवलागिरि गाउँपालिकाले यही असार ९ गते मुनामा भएको एघारौँ गाउँसभाबाट रु ४८ करोड ४० लाख ९९ हजार ८२० को बजेट पारित गरेको छ । पूँजीगततर्फ रु १३ करोड ८७ लाख विनियोजन गरेको धवलागिरिले सबैभन्दा बढी विपद् व्यवस्थापनमा रु एक करोड २२ लाख र गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि रु एक करोड विनियोजन गरेको अध्यक्ष थमसरा पुनले बताए । 

नवौँ गाउँसभाबाट रु ५० करोड ४३ लाख ४९ हजारको बजेट पारित गरेको मालिका गाउँपालिकाले चालुतर्फ रु सात करोड ८१ लाख, पूँजीगततर्फ रु १३ करोड चार लाख र ससर्त अनुदानतर्फ रु १९ करोड २७ लाख विनियोजन गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताए । 

दरबाङ बजार संरक्षणमा रु एक करोडसहित विपद् व्यवस्थापन शीर्षकमा सबैभन्दा बढी रु तीन करोड १२ लाख ३३ हजार, सडकमा रु एक करोड ८५ लाख, साझेदारीमा सञ्चालन हुने कार्यक्रमलाई रु दुई करोड ५० लाख, भवनमा २३ लाख ९० हजार, शिक्षामा रु एक करोड नौ लाख ९० हजार, स्वास्थ्यमा रु ५० लाख, खानेपानीमा रु ४७ लाख ९९ हजार, खेलमैदानलाई रु २२ लाख ५० हजार, कृषिलाई रु ४८ लाख ३२ हजार, पर्यटनलाई रु ३५ लाख र लघुउद्यमलाई रु ३८ लाख विनियोजन गरिएको छ । 
 
सामाजिक सुरक्षा भत्ताबाहेक कूल रु ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट पारित गरेको मङ्गला गाउँपालिकाले चालुतर्फ रु २१ करोड ५१ लख ९९ हजार र पूँजीगततर्फ रु २० करोड ६६ लाख २६ हजार विनियोजन गरेको अध्यक्ष सतप्रसाद रोकाले बताए । सडक पूर्वाधारमा रु १० करोड १८ लाख, सामाजिक विकासमा रु तीन करोड ३० लाख, सिँचाइ तथा खानेपानीमा रु ७१ लाख, साझेदारीमा सञ्चालन हुने योजनाका लागि समपूरक कोषमा रु दुई करोड नौ लाख, शहरी विकासमा रु दुई करोड एक लाख, कृषि र पशुपालनमा रु ९९ लाख ५० हजार, कोरोना कोषमा रु ४८ लाख, वातावरणमा रु २८ लाख, स्वास्थ्यमा रु ३७ लाख ५० हजार, पोषण सुधारका लागि रु १३ लाख, खेल पूर्वाधारमा रु ३४ लाख ५० हजार, विपद् व्यवस्थापनमा रु चार लाख ५० हजार, युवा तथा खेलकूदमा रु ३६ लाख विनियोजन गरिएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था