२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

गुल्मी । जिल्लाको मालिका गाउँपालिकाको नवौं गाउँसभाले घरेलु मदिरामा गाउँपालिका आत्मनिर्भर बन्ने ऐन पारित गरेको छ । नेपालको संविधान २०७२ को अनुसूची ८ ले स्थानीय सरकारलाई दिएको अधिकार प्रयोग गर्दै स्थानीय स्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा ब्यवस्थापन ऐन–२०७८ नवौ गाउँसभाको बहुमतले पारित गरेको मालिकागाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले बताए ।

Advertisement

भण्डारीले भने–‘हामीले मदिरालाई खुल्ला बनाउन खोजेको होईन, ब्यवस्थित बनाउन र करको दायरामा ल्याउन खोजेको हो । सामाजिक सञ्जालमा आएका टिका टिप्पणी जस्तो होइन । देशभर मै ८५ प्रतिशत बढीले मदिरा सेवन गर्छन । यस गाउँपालिकामा पनि त्यस्तै छ । नियन्त्रण गर्ने कुरा हाम्रो प्रयास भन्दा बाहिरको कुरा बन्यो । यसर्थ घरेलु मदिरालाई ब्राण्डे गर्दै कानुनी दायरा भित्र राखेर बाहिरबाट भित्रिने गुणस्तरहिन मदिरा रोक्ने प्रयास स्वरुप यस्तो ऐन पारित गरिएको हो । ’

गाउँपालिका अध्यक्ष रितबहादुर थापा भन्छन् –‘झट्ट सुन्दा कसैले अचम्म पनि मान्लान तर, मुही माग्ने ढुङ्ग्रो लुकाउने हामी गर्न चाहन्नौं । मदिरा नियन्त्रण गर्न सकिएन ,जसरी पनि मान्छेले जाँड–रक्सी पिएकै छ । बाहिरबाट मदिरा आएकै छ । पैसा पनि बाहिर गएकै छ । यसर्थ बाहिर पैसा नजाओस् भन्नका लागि हामीले यहि उत्पादन हुँदै आएको जाँड रक्सीलाई ब्राण्डेड बनाएर मदिरामा आत्मानिर्भर हुने गरि ऐन पारित पारित गरेका हौं । ’ ऐनमा कोदो र खुँकाखनी ( आरुपखडा ) को घरेलु मदिरालाई ब्राण्डेड गर्ने उल्लेख छ ।

उनले बाहिरबाट आउने गुणस्तरहिन मदिराले धेरैको ज्यान लिएको , त्यस्तो खालको सस्तो मदिरा आए पछि कृषकहरुले कोदो रोप्न पनि छाडेकोले पनि यस्तो ऐन ल्याइएको बताए । दलित जनजातीहरुको बाहुल्य रहेको त्यस गाउँपालिका विगतमा कोदो मकै र आलु खेती प्रशस्त फल्ने थलो हो । अहिले पनि त्यस गाउँपालिकाको ह्वाङ्गदी र अर्खबाङ्ग गाउँमा आलु रोप्नै पर्दैन । सिजनमा आफै उम्रिन्छ , फल्छ । आलु सहित विभिन्न सिजनमा फल्ने फलफुल र जडिबुटीबाट समेत त्यस गाउँमा उत्पादन हुने मदिरा कतिपय विमारको ओखतीका रुपमा पनि अन्य गाउँका मानिसहरुले पनि मगाउने , किन्न जाने गरेको पाको पुस्ताका मानिसहरुले बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश