१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णयरनिर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युजपोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टल इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी, कालोसूचीमा राखेको हो ।

Advertisement

इहिमालयटाइम्स डटकमलाई नियमानुसार दर्ता/सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका प्रवक्रा दीपक खनालले जानकारी दिए । त्यसैगरी २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म ४५० वटा स्वअनुगमन भएका छन् । पछिल्लो १५ दिनको अवधिमा १३ वटा स्वअनुगमन भएका छन् । जसमध्ये ८ न्यूजपोर्टललाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र १ सञ्चार विज्ञलाई ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म कुल १७२ उजुरी दर्ता भएकोमा १२८ उजुरी फछ्र्यौट भइसकेका छन् । यसैगरी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ ९पहिलो संशोधन, २०७४० मा दर्ता नभइ अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न नपाइने व्यवस्था रहेकोमा प्रेस काउन्सिल नेपालले २०७६ मङ्सिरदेखि यस्ता पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई लेखी पठाएपछि प्राधिकरणबाट नेपालभित्र सम्प्रेषण नहुने व्यवस्था हुँदै आएको प्रवक्ता खनालको भनाइ छ ।

विसं २०७७ को साउनदेखि २०७८ असार ९ गतेसम्म नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएका वेबपोर्टलको सङ्ख्या १५९ रहेको छ भने पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ । काउन्सिलले सम्पूर्ण पत्रकार/सञ्चारकर्मीलाई पत्रकार आचारसंहिताको पूर्णपालना गर्न काउन्सिल फेरि पनि आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था