ताजा अपडेट »

सर्पदंश उपचार केन्द्रको सेवा प्रभावकारी बनाउन ध्यानाकर्षण

आइतबार, ०६ असार २०७८, २० : २३
10 Shares


दाङ । गढवा गाउँपाालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आइतवार गढवाका राजनीतिक दल तथा संघसंस्थाहरुले गाउँकार्यपालिकाको ध्यानाकर्षण गराएका छन् । गढवा गाउँपालिका वडा नं. ७ कि १२ बर्षिया वालीका रेश्मा बोहराको असार ४ का दिन सर्पदंशका कारण लमही अस्पतालमा निधन भएपछि स्थानीय राजनीतिक दलहरुले गाउँपालिकालाई सेवा प्रवाहमा प्रभावकारीता अपनाउन आग्रह गरेका हुन ।

ध्यानाकर्षण पत्र बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सर्पदंश उपचार केन्द्रमा थप एण्टि स्नेक भेनम खरिद गर्न जिल्ला जनस्वास्थ्य कार्यालय हँुदै प्रदेश सरकार समक्ष पहल भै रहेको र उपचार केन्द्रमा २ जना स्वास्थ्यकर्मी र मेडिकल अफिसरको समेत ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको छ । गढवाको उपचार केन्द्रमा सर्पदंशका धेरै बिरामीहरुको उपचार भएको र अकालमा कसैको सर्पदंशका कारण ज्यान नजाओस् भन्ने कुरामा गाउँपालिका गम्भिर भएको उनले बताए । उक्त उपचार केन्द्रमा नेपाली सेना लमहीबाट आउने जाने गरि सेनाको अस्थायी सेवा सुचारु भएपनि सेनाको गण ल्याएर बसाल्न रक्षा मन्त्रालयसँग पहल भै रहेको भन्दै सबै राजनीतिक दल र संघसंस्था जागरुक भएर एक पटक प्रधानमन्त्री कार्यालयमा जान आवश्यक रहेको बताए ।

ध्यानाकर्षण पत्रमा हाल उक्त उपचार केन्द्रमा ३५ भाइल मात्र एण्टिस्नेक भेनम रहेकोमा तत्काल थप एण्टि स्नेक भेनम झिकाउन, मेडिकल अफिसरसहित थप स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्न, नेपाली सेनाको प्राविधिक टोली स्थायी रुपमा बसाल्नुपर्ने र स्थापना कालको सहयोग समितिको नामावली चार्ट उपचार केन्द्र्रमा राख्नुपर्ने लगायतका माग समावेश गरिएको थियो । ध्यानाकर्षण पत्र बुझाउन नेकपा एमालेका कालिराम चौधरी, नेपाली कांगे्रसका कृष्णराज पाण्डेय, माओवादी केन्द्रका यमनारायण पोखे्रल र सर्बजित घर्ती, जनता समाजवादी पार्टीका जगतराम यादव, राष्ट्रिय जनमोर्चाका गुणनिधी शर्मा, वन वातावरण संस्थाका उमाकान्त पन्त र गढवा उद्योग बाणिज्य संघका खुमानन्द पोखे्रललगायतको उपस्थिति रहेको थियो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी