ताजा अपडेट »

बाढी पीडितको उद्धार, राहतमा एकजुट हुन आग्रह

विहीबार, ०३ असार २०७८, १२ : १७
2 Shares

काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले प्राकृतिक प्रकोपपीडित जनताको उद्धार, राहत तथा घाइतेको उपचारमा एकजुट हुन आग्रह गरेका छन् । अध्यक्ष पोखरेलले आज विज्ञप्ति जारी गरी प्राकृतिक विपद्बाट सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, हेलम्बु र चौतारामा चपेटामा परेकाहरुको उद्धार, राहत र घाइतेको उपचारमा जुट्न आग्रह गरे । मङ्गलबारको वर्षा र बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको हेलम्बु मेलम्ची क्षेत्रका, मेलम्ची बजार, लिम्बु, कुईल, चनौटेलगायत क्षेत्रमा करिब ५० जना भन्दा बढी बेपत्ता भएका अवस्था छ । सयौं घर, गोठ, पशु चौपाय, जमिनलगायत भौतिक पूर्वाधारमा खानेपानी, सडक, मोटर तथा झोलुंगे पुल, विद्युत प्रशारण लाइन, सार्वजनिक भवन, निजी सम्पतिको क्षति भएको छ ।

रासस
लेखकको बारेमा
रासस