ताजा अपडेट »

थप २९१८ जनामा कोरोना, ५१४७ संक्रमणमुक्त

सोमबार, ३१ जेठ २०७८, १७ : ०९
6 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा २९१८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०४९ र एन्टिजेन विधिबाट ८६९ जनामा संक्रमण पुष्टि भएको हो । 

सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १० हजार ५२१ र एन्टिजेनबाट २१ हजार ३३९ जना पुगेको छ । यस्तै, आज थप ५ हजार १४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । निको हुनेको दर ८७.८ प्रतिशत छ । 

आज संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ४६५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।