२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

पर्वत । महाशिला गाउँपालिकाले मातहतका छ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ । गाउँपालिकाभित्र बाह्रैैमास सडक सुविधा पुर्याउने उद्देश्यले सडक स्तरोन्नति तथा कालोपत्र गर्नका लागि छवटा सडकको डिपिआर तयार गरेको हो । पालिकाका सबै वडामा पुग्ने गरी ‘एक वडा, एक सडक’अन्तर्गत उक्त सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

छवटा वडामा पहुँच पुर्याउने गरी करिब ४८ किलोमिटर लामो सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए । उनका अनुसार डिपिआर गरिएका सडकको कालोपत्र गर्नका लागि करिब रु दुई अर्ब ५० करोड लागत अनुमान गरिएको छ । डिपिआर सम्पन्न भएका सडकको कालोपत्र तथा स्तरोन्नतिका लागि प्रदेश तथा सङ्घीय सरकारबाट बजेट माग गर्ने र स्थानीय सरकारले साझेदारी गर्ने योजनासमेत बनाइएको छ ।

गाउँपालिकाले वडा नं १ होश्राङ्दीमा अगाहगडी– पैयुभञ्ज्याङ सडक, वडा नं २ भोक्सिङमा सालडाडा–खोलाखर्क–पाखुरेडाँडा सडक, वडा नं ३ बालाकोटमा हिरुखर्क–निगाली–दियालीडाँडा–बारेडाँडा सडकको डिपिआर सम्पन्न गरेको हो । यसैगरी वडा नं ४ पाखापानीमा लाम्तुन–दर्जीडाँडा–थापथर, वडा नं ५ लुङ्खुदेउरालीमा लुङ्खुदेउराली–बान्द्रे–धनुमासे–सेरा सडक र वडा नं ६ फलामखानीका लागि घण्टेदेउराली–फलामखानी–घन्तरी सडकको डिपिआर तयार गरेको प्रवक्ता ठकुरीले जानकारी दिए । यस वर्ष पालिकाले आफ्नै लगानीमा पाँच किलोमिटर सडकको कालोपत्रको काम अघि बढाएको छ भने दक्षिण पर्वत जोड्ने लमाय–लुङ्खु र लुङ्खुबाट पैँयुको हुवाससम्मको सडक समेत कालोपत्रको काम भइरहेको छ । डिपिआर गरिएका सबै सडक कालोपत्र भएपछि गाउँपालिका सडकयुक्त हुने अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ