२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

सिमकोट । सिमकोट गाउँपालिका वडा नं ७ का एक बालक माटो खन्ने क्रममा दुवै खुट्टा भाँचिएर घाइते भएका छन् भने उपचारका लागि अर्थाभावका साथै समस्या निम्तिएको छ । केही दिन अगाडि जबुका गाउँका विशाल शाहीको आगलागी भएको घर नयाँ मर्मतका लागि माटो खन्न गएका युद्ध शाहीको खुट्टा भाँचिएर हाड बाहिर निस्किएको छ । जबुका गाउँभन्दा २० मिटर टाढाको क्षेत्रमा माटो खन्ने क्रममा ढुंगा लागेर घाइते ११ वर्षीय बालकलाई उपचारका लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइए पनि उपचार हुन नसक्ने भएकाले जिल्ला बाहिर रिफर गरिएको छ । उनलाई थप उपचारका लागि जिल्ला बाहिर लैजान घरको आर्थिक अवस्थाले दिएको छैन ।

घाइते बालकका बुवाको केही वर्ष अगाडि नै निधन भएको छ भने आमाले अर्कासँग विवाह गरेका कारण जिल्ला बाहिर थप उपचारका लागि आर्थिक सहयोग गर्ने कोही नभएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताए ।बालकलाई उपचारका लागि शनिबार जिल्ला प्रहरी कार्यालय हुम्लाको समन्वयमा गाडी लिएर जबुका गाउँबाट जिल्ला अस्पताल सिमकोट ल्याइए पनि आर्थिक अवस्था कमजोर भएका कारण थप उपचार हुन नसक्ने अवस्था रहेको स्थानीयवासी वीरबहादुर सिंहले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश