२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

तस्बिर : एन्फा


काठमाण्डाै – फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ ।

Advertisement

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगकाे खेलमा राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ । साथै उहाँले अस्ट्रेलियासँगकाे खेलमा बाँकी युवा खेलाडीले पनि माैका पाउन सक्ने बताउनुभएकाे छ ।

नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्व कप खेलिसकेको अस्ट्रेलिया भने नेपाललाई हराएर विश्व कपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

समूह ‘बी’ मा रहेकाे अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथो स्थानमा रहेको छ । नेपालले मात्र ६ अङ्क जोडेको छ ।

यसअघि नेपालले चाइनिज ताईपेलाई दुई–शून्य गोल अन्तरले हराएको थियो भने जोर्डनसँग तीन–शून्य अन्तरले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ