२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौ । सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण वितरण प्रणाली असहज हुन गई किसानले मल नपाउने अवस्था सृजना भएको हो ।

Advertisement

अहिले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग ८५ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल मौज्दात छ । तर, त्यो मल किसानहरूसम्म पुग्न सकेको छैन । सरकारले मलको वितरण सहज भएको दाबी गरे पनि कृषि र साल्टका कर्मचारीहरूले नै मलको आपूर्ति सहज नभएको स्वीकार गरेका छन् ।

मल नभएर किसानले नपाएको भन्दा पनि वितरण प्रणाली असहज भएकाले किसानलाई सास्ती भएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले बताए । ‘मल ढुवानीमा निषधाज्ञाको प्रभाव परेकाले नै यति बेला वितरण सहज हुन नसकेको हो । असारदेखि निषेधाज्ञा खुकुलो भए वितरण सहज हुन सक्छ,’ उनले भने ।

असार शुरू हुनै लाग्दा देशैभरका किसानहरू रोपाइँ शुरू गर्ने तयारीमा छन् । तर, उनीहरूले धानलाई आवश्यक पर्ने मल पाउन सकेका छैनन् । किसानहरू मलका लागि घाममा दिनभरि लामो लाइन बस्दा समेत रित्तो हात घर फर्किन बाध्य छन् ।

सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम, सर्लाही, चितवन, बाँके बर्दियालगायत जिल्लामा किसानले मल नपाएको गुनासो बढिरहेको छ । सुनसरीका अगुवा किसान भुवनेश्वर यादव असार शुरू भएपछि ६ बिगाहा जग्गामा धान रोप्ने तयारीमा छन् । उनलाई युरिया, डीएपी र पोटास गरी करीब २० बोरा मल आवश्यक पर्छ । तर, उनले अहिलेसम्म एक बोरा मल पनि पाउन सकेका छैनन् ।

दिनभरि घाममा लाइन बसेर किसान रित्तै हात घर फर्किन बाध्य छन् । ‘यहाँका सहकारीसँग पनि पर्याप्त मल छैन हामीलाई कसरी दिन्छन्, काठमाडौंमा सरकारसँग मल भएर मात्र के गर्ने त्यो मल हामीसम्म पुग्ने वातावरण बनाउनु जरुरी छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने ।

चैतेधान भित्र्याउने र वर्षेधान रोप्ने तयारीमा रहेका मोरङका किसानले पनि मलका लागि धेरै नै समस्या भोग्नु परेको बताएका छन् । मोरङ कानेपोखरीका अगुवा किसान मानबहादुर मगरले पनि अहिलेसम्म आफूले मल नपाएको गुनासो सुनाए । यो समाचार आर्थिक अभियानदैनिक छ ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका