ताजा अपडेट »

भेरी अस्पतालको घटनाप्रति चिकित्सक संघ लुम्बिनीको ध्यानाकर्षण

शुक्रबार, १४ जेठ २०७८, १५ : ४०
6 Shares

बुटवल । बाँकेको नेपालजञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरु माथी भएको अभद्र व्यवहारप्रति नेपाल चिकित्सक संघ लुम्बिनीले ध्यानाकर्षण जनाएको छ । संघले एक विज्ञप्तिज जारी गर्दै कोरोना महामारीका बेला मानवीय सेवामा लागेका स्वास्थ्यकर्मीहरु माथी हातपात गरिनु निन्दनीय भएको जनाउँदै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

घटनामा संलग्न दोषीहरुलाई कुनै पनि राजनैतिक दबाबमा नपरी कारबाही गर्न संघले माग गरेको छ । ‘दोषीलाई कुनै पनि राजनितिक संरक्षणमा मुक्त नगरियोस भन्ने हाम्रो माग छ साथै हामीले पहिले देखि नै उठाएको स्वास्थ्यकर्मी माथी डिउटीमा रहेको अवस्थामा आक्रमण भए जमानत बिना हिरासतमा राख्नैपर्ने कानून अविलम्ब पारित होस् भनी प्रदेश सरकार र संघीय सरकारसँग जोडदार माग गर्दछौ ।’-संघका अध्यक्ष डा. ईन्द्र ढकाल तथा महासचिव डा. सन्तोष पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

https://www.globalaawaj.com/archives/109009
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।