ताजा अपडेट »

भेरी अस्पताल घटना : ३ आरोपिलाई पक्राउ गरी अनुसन्धान

शुक्रबार, १४ जेठ २०७८, १३ : २२
10 Shares

बुटवल । बाँकेको नेपालजञ्जस्थित भेरी अस्पतालका नर्स र चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको छ ।

गयराती कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उनका आफन्तहरुले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि सांघातिक आक्रमण गरेका थिए । बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुइ जना मृतकका छोराहरू रहेको बताए ।

यसैबीच दोषीहरुलाई कडा कारवाहीको माग गर्दै भेरी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । उनिहरुले काम छोडेर अस्पतालको प्रांगणमा भेला भै दोषीलाई कारवाही र आफ्नो सुरक्षाको माग गर्दै नाराबाजी गरिरहेका छन् । माग पुरा नभएसम्म काममा नफर्किने भेरी अस्पताल स्वास्थ्यकर्मीसंघका अध्यक्ष होमनाथ सुवेदीले बताए ।

https://www.globalaawaj.com/archives/109009
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।