ताजा अपडेट »

भेरी अस्पतालमा घटनाका दोषीलाई कारबाही गर्न विवेकशिल साझाको माग

शुक्रबार, १४ जेठ २०७८, १२ : ०७
4 Shares

बुटवल । बाँकेको नेपालजञ्ज स्थित भेरी अस्पतालमा भएको घटनाप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षसहित दोषी उपर कारबाहीको माग गरेको छ । महामारीको बेला सबैभन्दा जोखिम अवस्थामा नागरिकको ज्यान बचाउनलाई अहोरात्र खटिएका डाक्टर र स्वास्थ्यकर्मी माथि भएको भौतिक आक्रमणको घटना प्रति सो पार्टीले निन्दा व्यक्त गरेको छ ।

विवेकशील साझा पार्टी लुम्बिनी प्रदेशले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘घटनामा सामेल दोषीलाई सार्वजनिक गरि यथासक्य कडा कारबाही गर्न जोडदार माग गर्दछ । भेरी अस्पतालमा आक्रमणबाट घाईते भएका डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स सदीक्षा गैरे र बन्दना श्रेष्ठ लगायत सम्पुर्ण घाइतेलाई सुस्वास्थ्यको कामना गर्न चाहन्छौँ ।’

डाक्टर र नर्सको सुरक्षाका लागि आवश्यक सम्पूर्ण ब्यवस्था मिलाएर काममा फर्कने वातावरण बनाउन सो पार्टीले प्रशासनलाई अपिल गरेको छ । ‘अग्रपंक्तिमा काम गरि रहेका डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीलाई आभार प्रकट गर्दै यहाँहरुको कर्म प्रती हाम्रो सधैं सम्मान र उच्च आदर ब्यक्त गर्दछौं ।’–पार्टीका लुम्बिनी प्रदेश प्रवक्ता केशब राज खनालद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।