ताजा अपडेट »

आक्रमण विरुद्ध भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा विरोध प्रदर्शन

शुक्रबार, १४ जेठ २०७८, १० : २९
10 Shares

नेपालगन्ज । गय राती बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीले विरोध जनाएका छन् । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड गरेको भन्दै उनिहरुले विरोध प्रदर्शन गरेका हुन् ।

मृतकका आफन्तहरुको आक्रमण गर्न थालेपछि अस्पतालका डा. चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए । उपचारका क्रममा मृत्यु भएका दाङका डिल्लीबहादुर रावतका भाई मानबहादुर रावतले नर्सिंङ स्टाफको घाँटी थिचेर आक्रमण गरेपछि उनीहरु ज्यान जोगाउन पहिलो तल्लाबाट हाम्फालेका थिए । स्वास्थ्यकर्मीहरुले अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै दोषीमाथी कारबाहीको माग गरेका छन् ।

यसअघि एक विज्ञप्ती जारी गर्दै संघका बाँके अध्यक्ष लक्ष्मी केसी ओलीले बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको अभद्र व्यवहारप्रदि ध्यानाकर्षणसहित दोषी माथी कारबाहीको माग गरेको छ । प्रहरीले मानबहादुर सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुईजना डिल्लीका छोरा र मानबहादुर भाइ रहेको खुलेको छ । घटना लगत्तै भेरी अस्पतालमा बसेको चिकित्सक र अस्पताल विकास समितिको पदाधिकारीहरुको बैठकमा प्रशासनले घटनामा संलग्नहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।