ताजा अपडेट »

कोरोनाका कारणले रुपन्देहीका पत्रकार चौधरीको मृत्यु

बुधबार, ०५ जेठ २०७८, ०८ : ०६
6 Shares

बुटवल । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण निधन भएको छ । बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा उहाको निधन भएको हो ।

तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उनलाइ पछिल्लो समय कोरोना बिशेष अस्पताल लगिएको थियो । १० दिनदेखि कोरोना बिशेष अस्पतालमा उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिएपनि उनको आज बिहान २:४५ बजे निधन भएको अस्तालका प्रबक्ता डा. बिष्णु गौतमले जानकारी जानकारी दिए।

तिलोत्तमा ५ मणिग्राम निवासी ६१ बर्षिय पत्रकार चौधरी २ दशकदेखि रेडियो लुम्बिनीमा कार्यरत थिए । उनका श्रीमती ४ छोरी र २ छोरा छन् । उनको निधनले पत्रकार महासंघ स्तब्ध भएको अध्यक्ष रामराज पोखरेलले बताएका छन । महासंघले एक असल कर्मशील पत्रकार गुमाउनुपरेको सचिव बिनोद परियारले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।