१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

Advertisement

गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको अक्सिजन अभियानलाई सहयोग गर्ने अवधि जेठ १० गते सम्म हुने निर्णय भएको छ । मङ्गलबार शाखाको कार्यालय सदरमुकाम तम्घासमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हालसम्म सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै अक्सिन प्लान्ट अभियानलाई सहयोग गर्न चाहानेलाई जेठ १० गते सम्मका लागि अवधि तोकेको छ ।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालद्वारा जारी विज्ञप्तीमा बैशाख २५ गतेदेखि सुरु भएको अभियान जेठ १० गतेसम्म जारी राख्ने उल्लेख गरिएको छ । यस अवधिमा सहयोग गर्न इच्छुक तथा सहयोग रकम घोषणा गरेका तर पठाउन बाँकी सबैले अविलम्ब पठाउनुहुन हार्दिक अनुरोध समेत गरिएको छ । संकलित सहयोग रकम उदेश्य अनुरुप नै खर्च गरिने सबै हिसाब–किताब पारदर्शी रुपमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ ।

अक्सिजन प्लान्ट स्थापनाका लागि सरकारी निकायको खरिद प्रक्रियाबाट हुने बिलम्ब प्रति महासंघ, अभियान्ता, सहयोदाता र सरोकरवालाको चिन्ता र चाँसो रहेको छ । प्लान्ट निर्माणमा छलफल र समन्वय नेपाल पत्रकार महासंघले गरिरहेको कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ । जुन सरकार, तह, निकाय र संघ संस्थाले प्लान्ट स्थापना गरेपनि सबै उदेश्य जिल्लामा अक्सिजन सुनिश्चितता नै हो । सर्वदलिय छलफल र सरोकारवालाको सल्लाह बमोजिम ‘अक्सिजन प्लान्ट अभियान’ सुरु गरिएको हो । जसलाई दलहरुले स्वागत गरे, गुल्मी उद्योग बाणिज्य संघ, चेम्बर लगायतका संघसंस्थाहरुले ऐक्यवद्धता जनाएर सहयोग संकलनमा जुटे । पछिल्ला दिनहरुमा नागरिक स्तरबाट स्वतस्फूर्त सहयोग संकलन भइरहेको विज्ञप्तीमा उल्लेख छ ।

‘यस अभियानमै ऐक्यवद्धता जनाउँदै जेठ ३ गते परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको पहलमा प्लान्टको लागि संघिय सरकारबाट १ करोड बिनियोजन भएको छ । पूर्व मन्त्री गोकर्ण बिष्ट, कांग्रेस नेता चन्द्र भण्डारी लगायतले सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । अहिलेसम्म महासंघ मात्रैले ५० लाख बढि आर्थिक संकलन गरेको छ । अभियानमा सहयोग गर्ने आम नागरिक, १० लाख सहयोग गर्ने जिल्ला समन्वय समिति, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, संघ÷संस्था, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी लगायत सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।’ विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप