९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

धनगढी । कैलालीको धनगढीस्थित  सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका २ का ५८ वर्षीय पुरुष,  धनगढी उपमहानगरपालिका १ का ८० वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका १७ की ३५ वर्षीया महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए

Advertisement

यस्तै जोशिपुर गाउँपालिका ५ की २९ वर्षीया महिला, कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का ३२ वर्षीय पुरुष, डोटीको दिपायल शिलगढी नगरपालिका वडा नम्बर ६ का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ५०९ जनाको नमुना परिक्षण गर्दा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि श्रेष्ठले  जानकारी दिएका छन् । धनगढीका मात्रै १८५ जना, धनगढी बाहेक कैलालीका ८१ जना, अन्य जिल्लाका ३७ जना गरि ३०३ जनाको संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । 

गेटामा प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने
कोरोना महामारीमा केन्द्र सरकारसँग समन्वय नगरेको र आफूले पनि कोरोना रोकथामका लागी केही नगरेको आरोप खेपेको सुदूरपश्चिम प्रदेश सरकारले अब भने  कोरोना बिरामीका लागि कैलालीको गेटामा निर्माणाधीन होल्डिङ सेन्टर र आइसोलेशनका लागि  सहयोग गर्ने भएको छ । 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले त्यहाँ आवश्यक जनशक्ति करारमा भर्ना गर्ने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको  मन्त्रीस्तरीय निर्णयले २० जना स्वास्थ्यकर्मीलाई त्यहाँ खटाउने निर्णय भएको मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. जगदीश जोशीले जानकारी दिए ।  डा.  जोशीका अनुसार २० जना जनशक्ति व्यवस्थापनका लागि बजेट पनि मन्त्रालयले व्यवस्थापन गर्नेछ । 

केन्द्र सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री तथा सरकारले कोरोना रोकथामका लागि सुदूरपश्चिमका निम्ति तोकेका फोकल पर्सन लेखराज भट्टको अगुवाइ तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको व्यवस्थापनमा कैलालीको गेटामा निर्माणाधीन आइसोलेशन सेन्टरमा प्रदेश सरकारले हात झिकेको भनी तीव्र आलोचना भएको थियो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले जनताको जीवन रक्षा गर्ने कुरामा प्रदेश सरकारले कुनै किसिमको राजनीति नगरेको बताउँदै आएका थिए । केन्द्र र प्रदेश सरकारबीच समन्वय नहुँदा गेटामा निर्माणाधीन होल्डिङ सेन्टर र आइसोलेशनको काम अलपत्र पर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना !