१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध १ वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नमिल्ने प्रदेश प्रमुख धर्मनाथ यादवले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाले पहिला नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख यादव समक्ष माग गरेका थिए । तर प्रदेश प्रमु्ख यादवले सभामुखलाई पत्र लेखेर अविश्वास प्रस्तावमाथि छलफल गर्न संविधानअनुसार नमिल्ने बताएका हुन् ।

‘संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन मिति २०७८/०१/१६ गते प्रदेशसभाका माननीय सदस्यहरुले लिखित अनुरोध गर्नु भएको सन्र्दंभमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वांक्याश बमोजिम हाल अधिवेश आव्हान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु ।’ सभामुखलाई लेखिएको पत्रमा भनिएको छ । संविधानको धारा १८८ (४) को प्रतिबन्धात्मक वाक्यांशमा मुख्यमन्त्री विरुद्ध पहिलो २ वर्ष र एक पटक राखेको अविश्वास प्रस्ताव असफल भएको एक वर्षभित्र त्यस्तो अविश्वास प्रस्ताव पेश गर्न नमिल्ने व्यवस्था रहेको छ ।

४ दलले विशेष अधिवेशन माग गर्दा प्रदेशसभामा ७९ सांसद रहेका थिए । जसमध्ये विपक्षी गठवन्धनमा ४१ र मुख्यमन्त्री पोखरेलको पक्षमा पक्षमा ३८ सांसद थिए । सवोच्च अदालले जसपाबाट मन्त्री बनेका ४ जना सांसदलाई पदमुक्त नगर्न अल्पकालीन अन्तरीम आदेश दिएसँगै प्रदेशससभामा ८३ जना सांसद रहेका छन् । जसपाबाट मन्त्री बनेका ४ जना साँसद जना मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ४२ सांसद रहेका छन् भने विपक्षी गठबन्धनमा ४१ जना सांसद रहेका छन् । सर्वोच्चको आदेशले सरकार वहुमतमा पुगेको भोलिपल्ट प्रदेश प्रमुखले अधिवेशन नबोलाउने निर्णय गरेका हुन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप