Mar 23, 2023
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो । गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना१९६ जनाको संक्रमणबाट मृत्यु रहेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ भने मृतकको कुल संख्या ५४११ पुगेको छ
प्रतिकृया दिनुहोस्