९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

बुटवल । रुपन्देहीमा पछिल्लोे २४ घण्टाको अवधिमा ८८८ जनाको कोरोना परीक्षण गर्दा ३६१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै १४१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि तिलोत्तमामा १०३ जना, सिद्धार्थनगरमा ३६ जना, देवदहमा ३३ जना र सैनामैनामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य पालिकाहरुमा १० जना भन्दा कमको संख्यामा संक्रमित थपिएका छन् । हिजो रुपन्देहीमा परीक्षणको २८ प्रतिशतमा संक्रमण देखिएकोमा आज भने परीक्षणको झण्डै ४१ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३६७ पुगेको छ । हाल जिल्लामा ६ हजार २४३ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बैशाख ३० गते जिल्लामा १२ सय ९७ जनाको परीक्षण गर्दा ४९४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बैशाख ३१ गते ५१४, जेठ १ गते ४८६, जेठ २ गते ३९४, जेठ ३ गते ३७७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ: महामन्त्री शर्मा अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य