१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

टीकापुर कोरोना महामारी फैलिएपछि सुत्केरी व्यथा लागेका महिलालाई सेवा पाउन सकस भएको छ । कैलालीको टीकापुर अस्पतालमा आइसियु सेवा सञ्चालन हुन नसकेका कारण आइसियु आवश्यक पर्ने आमा र बच्चालाई उपचार पाउन सकस भएको हो । 

Advertisement

गत बुधबार टीकापुर–१ की ललिता जैसी व्यथाले च्यापेपछि टीकापुर अस्पतालमा आइन् । अस्पतालले उनको स्वास्थ्य परीक्षण गरेपछि बच्चा सानो भएकाले आइसियु आवश्यक पर्नसक्ने भन्दै नेपालगञ्ज रेफर गर्‍यो । व्यथा लागेकी महिला बोकेर परिवारका आफन्त नेपालगञ्ज पुगे तर ललिताले नेपालगञ्ज भर्ना पाइनन् । दिनभर नेपालगञ्न नर्सिङ होम बाहिर कुरे पनि भर्ना पाइएन ।

‘‘अस्पतालले कोरोना परीक्षण गर्नुपर्ने भन्यो, कोरोनाको रिपोर्ट आउन गर्भवती भए पनि कम्तीमा २४ घण्टा लाग्ने बतायो’’, सुत्केरी ललिताले भनिन्, ‘‘व्यथाले थलिएकी म बाहिर राखेर कसरी कुर्नु रु मसँग गएका आफन्तले मलाई फेरि टीकापुर फर्काए, मैले त अब बाच्दिन भन्ने मात्र सोचिरहेँ ।’’

टीकापुर फर्केर परिवारका सदस्यले फेरि टीकापुर अस्पतालमै ल्याए । टीकापुर अस्पतालका स्त्रीरोग विशेषज्ञ गौरी रिजालको टिमले शल्यक्रिया गरि बच्चा निकाल्योे । ‘‘डाक्टर रिजालले हिम्मत गरेका कारण धन्न बच्चा र आमालाई ठीक छ । आइसियु आवश्यक परेन’’, सुत्केरीका एकजना आफन्तले भने, ‘‘आइसियुमा राख्नुपर्ने अवस्था आएको भए हामी के गथ्र्यौं रु टीकापुरमै यी सबै सुविधा भए सुत्केरीलाई राहत हुन्थ्यो ।’’

ललिताको जस्तो कठिनाई यहाँ दैनिकजसो कुनै न कुनै सुत्केरी व्यथा लागेका वा सुत्केरीपछि स्वास्थ्यमा समस्या भएका महिलाले भोगिरहेका छन् । जानकी गाउँपालिकाकै एक सुत्केरी व्यथा लागेकी महिलालाई उच्च रक्तचापको समस्या भएकाले स्वास्थ्य संस्थाले उहाँलाई पनि नेपालगञ्ज पठायो । उनका आफन्तले कोहलपुर मेडिकल कलेज लगे । त्यहाँ कोरोना संक्रमितको मात्र उपचार हुने भनेपछि उनीहरुले नेपालगञ्ज लगे । ति महिला र तिनका आफन्तले पनि ललिताको जस्तै नियती भोगे । 

सुत्केरीलाई भर्ना लिन नमानेपछि उनीहरु पनि यहीँ फर्किए । टीकापुर फर्केर मरे मरौँला, बाँचे बाचौँला भन्दै यही सेवा लिएँ । ‘‘यहाँ जोखिम हुनसक्छ भन्दै डाक्टरले बाहिर पठाए, हामी पनि आत्तिएर गयौँ तर दुःख मात्रै भयो’’, पाँच दिनकी सुत्केरी महिलाले भनिन्, ‘‘सरकार छ, सुविधा छ तर अझैँ अर्को ज्यान जन्माउने महिला जोखिममै छन् । हाम्रा लागि आवश्यक सबै सुविधाको व्यवस्था गर्नु पहिलो प्राथमिकता हो भनेर बुझेको देखिएन ।’’

टीकापुरको बनगाउँकी रामुकमारी चौधरीलाई सुत्केरी व्यथा लाग्यो । आफन्तले शहरमा भन्दा गाउँमा कोरोना सङ्क्रमणको जोखिम कम हुन्छ भन्दै शुरुमा रामकुमारीलाई धनसिंहपुर स्वास्थ्य चौकीमा लगे । धनसिंहपुर स्वास्थ्य चौकीले त्यहाँ नसकिने भन्दै उहाँलाई टीकापुर अस्पताल रेफर गर्‍यो । टीकापुर अस्पतालमा वैशाख २५ गते उनी सुत्केरी भइन् तर रामकुमारी र उनको परिवारलाई अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको भीड देखेर तनाब भने भइरह्यो । ‘‘अस्पतालमा बिरामी बढी हुने भएकाले कतै जोखिम हुन्छ कि भन्ने डर थियो । अझ शल्यक्रिया गर्नुपरे केही दिन बस्नुपर्छ भन्ने तनाब त्यत्तिकै थियो’’, रामकुमारीका श्रीमान् राजेश चौधरीले भन्नुभयो, ‘‘श्रीमतीले सामान्य अवस्थामै बच्चा जन्माइन, अस्पतालमा डाक्टरहरुले राम्रो स्याहार गरे, श्रीमती घर ल्याइसकेको छु । यस्तो महामारी फैलिएका बेला अस्पताल जान डर लाग्ने रहेछ ।’’

टीकापुर– ७ सत्तीकी विना चौधरीलाई पनि सुत्केरी व्यथा लागेपछि टीकापुर अस्पतालमा शल्यक्रिया सहित चिकित्सकको सेवा पाइने आशै गर्नुभएन । वैशाख १८ गते नै व्यथा लागेको भए पनि कोरोना सङ्क्रमणको त्रासले विना रातिमात्रै नारायणपुर स्वास्थ्य चौकीमा जानुभयो । ‘‘कोरोना सङ्क्रमणको त्रासले कम जोखिम हुनसक्छ भनेर म नजिकैको स्वास्थ्य संस्थामा गए’’, विनाले भनिन्, ‘‘धन्न सामान्य अवस्थामै बच्चा जन्मियो, स्वास्थ्य चौकीबाट घर नआउँदासम्म निकै डर लागिरहेको थियो । यस्तो माहोलमा सुत्केरी हुनु पनि जोखिम नै हो ।’’

टीकापुर अस्पतालले प्रसुती सेवा सञ्चालनमा समस्या नआओस् भनी स्त्री रोग विशेषज्ञ र केही नर्सहरुलाई प्रसुतीमा मात्रै खटाएको छ । कोरोना महामारीका कारण यतिखेर अस्पतालमा जनशक्ति अभाव छ तर पनि प्रसुती सेवामा आउने महिलालाई संक्रमण नहोस् भनी केही नर्स र चिकित्सकलाई प्रसुती वार्डमै खटाएको स्त्री रोग विशेषज्ञ गौरी रिजाल बताउँछिन् । ‘‘स्थिति निकै दयनीय भएको छ । हामीले प्रसुती सेवा दिइरहेका छौँ’’, डाक्टर रिजाल भन्छिन्, ‘‘अस्पतालमा अक्सिजन अभाव छ । अक्सिजन सुत्केरी वार्डमा पनि आवश्यक पर्छ । कतिपय भेण्टिलेटरमा राख्नुपर्ने पनि हुन्छन् । यहाँ भेण्टिलेर जडान गरिएको भए पनि एनेस्थेसिया डाक्टर नभएकाले आइसियु सेवा दिन सकिएको छैन । त्यस्ता विरामी रेफर गर्नुपर्छ ।’’

स्त्री रोग विशेषज्ञ रिजालले गर्भवती तथा सुत्केरी महिलालाई जटिलता भए ढुक्कले अस्पताल आउन आग्रह गरेकी छन् । ‘‘गर्भवती महिलाले टाउको दुखेमा, आँखा धमिलो देखेमा, ज्वरो आएमा, बारम्बार बान्ता भएमा, बच्चा कम चल्यो वा बढी चलेमा, हात खुट्टा सुन्निएमा, रक्तचाप बढेमा तुरुन्त अस्पताल आउनुपर्छ’’, उनी भन्छिन्, ‘‘सुत्केरी तथा गर्भवती सम्वेदनशील अवस्था भएकाले महिलालाई आत्मीय सहयोग चाहिन्छ । अझ सामािजक वातावरण राम्रो चाहिन्छ । सुत्केरीलाई शारीरिक र मानसिक स्याहार गर्न परिवारका सदस्य सहयोगी बन्नुपर्छ ।’’

टीकापुर अस्पतालमा कोइकाको सहयोगमा सुविधासम्पन्न प्रसुती वार्ड निर्माण गरिएको छ । यहाँ शल्यक्रिया सेवा, चिकित्सकको सुविधा सबै छ तर आइसियु सेवा सुचारुका लागि एनेस्थेसिया डाक्टर नभएका कारण त्यो सेवा सुत्केरीले पाउन सकेका छैनन् । डाक्टर रिजाल आइसियु सञ्चालन भएको भए यतिखेर सुत्केरी महिलालाई धेरै राहत हुने बताउँछिन् । ‘‘यस्तो महामारीको समयमा सुत्केरी, गर्भवतीलाई बढी जोखिम हुन्छ, स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर देख्दा सानासाना देखिने तर महत्वपूर्ण कार्यमा स्थानीय सरकार, प्रदेश र केन्द्रको ध्यान जान आवश्यक छ’’, डाक्टर रिजालले भनिन् ।

टीकापुर अस्पतालले समस्या भएका सुत्केरीलाई धनगढी या नेपालगञ्ज रेफर गर्ने गर्दछ । कोरोना सङ्क्रमणका कारण तर यी दुबै ठाउँमा सुत्केरीले भर्ना पाउने अवस्था छैन । डाक्टरहरु सुत्केरीलाई अन्यन्त्र पठाउँदा पनि टीकापुरै फर्केर सेवा लिन वाध्य भएका बताउँछन् ।  सुत्केरीपछि आवश्यक जाँच गर्न पनि महिलाहरु ढुक्कले अस्पताल आउन सकेका छैनन् । सुत्केरीपछि सामान्य सुत्केरी २४ घण्टा, तेस्रो र सातौँ र २८ औँ दिनमा सुत्केरी जाँच गर्नुपर्ने हुन्छ । महामारीपछि धेरै महिला स्वास्थ्य संस्था जान सकेका छैनन् । अझ शल्यक्रिया गरेकाहरुको नियमित घाउ सफा र अन्य स्याहार आवश्यक पर्ने भएपनि सेवा लिन सुत्केरीलाई समस्या भएको महिला स्वास्थ्य स्वयम्सेविका चन्द्रावती शर्मा बताउँछिन् । ‘‘स्वास्थ्यकर्मीले सुरक्षित भएर सेवा दिए पनि महिलाहरु डराउनु भएको छ’’, उनी भछिन्, ‘‘हामीले ढुक्क भएर सेवा लिन जानुस् भन्छौँ तर महिलाहरु अस्पतालसम्म जानै डराउने गर्नुभएको छ ।’’

यहाँका पालिकामा रहेका स्वास्थ्य संस्थाले सुत्केरीलाई समस्या नहोस् भनी प्रसुती सेवा दिइरहेका छन् । प्रसुतीका लागि खट्ने नर्स तथा चिकित्सकलाई कोरोनाका बिरामी हेर्न खटाइएको छैन तर शल्यक्रिया गर्नुपर्ने, भेण्टिलेटर आवश्यक पर्ने आमा र बच्चालाई नेपालगञ्ज वा धनगढी रेफर गर्नुपर्ने यहाँको वाध्यता हो । नारायणपुर स्वास्थ्य चौकीका अनमी गीता चौधरीले कोरोना महामारी समुदायमा फैलिएपछि सेवा लिन आउने सुत्केरी र तिनका आफन्त निकै त्रासमा रहेको पाएको बताइन् । ‘‘हामीले नियमित सेवा दिइरहेका छौँ, टीकापुर अस्पताल जान धेरै डराउन थालेका छन् । यहाँ आउँछन्, हामीले नसक्नेलाई उतै रेफर गर्छौँ’’, उनले भनिन्, ‘‘महिलालाई सुत्केरी व्यथाभन्दा कोरोना सर्छ कि भन्ने डर बढी देखिन्छ ।’’ 

धनसिंहपुर स्वास्थ्य चौकीका अनमी आशा चौधरी आफूहरुले सुत्केरी हुने महिलालाई ढुक्कसँग स्वास्थ्य चौकी आउन आग्रह गरिरहेको बताउँछिन् । ‘‘व्यथा लागेर घरमै बस्दा थप जोखिम हुनसक्छ, आमा र बच्चाको ज्यान जानसक्छ । हामीले स्वास्थ्यका मापदण्ड पालना गरेर सेवा दिइरहेका छौँ’’, आशाले भनिन्, ‘‘हामीले स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गरिरहेका छौँ । डर त हामीलाई पनि छ तर सेवा गर्नुछ । महिलाहरु आइरहनु भएको छ ।’’ 

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ