१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले कोभिड–१९ का महामारीमा सामुदायिक वन उपभोक्ता समूहको सहयोग परिचालनका लागि आह्वान गरेको छ । महासंघले वक्तव्यमार्फत सामुदायिक वन उपभोक्ता समूहबाट आफ्नो सम्पूर्ण सामथ्र्यको प्रयोग गर्दै मुलुकभरका सम्पूर्ण सामुदायिक उपभोक्ता समूह र महासंघका प्रदेश महासंघ, जिल्ला महासंघ र स्थानीय महासंघलाई सहयोग परिचालनका लागि आग्रह गरेको हो ।

Advertisement

सामुदायिक वन उपभोक्ता समूहले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आफ्ना कोषमा रहेको रकमबाट स्थानीय आवश्यकतानुसार स्वास्थ्य सामग्री खरीद तथा वितरण गर्न आग्रह गरिएको महासंघका अध्यक्ष भारती पाठकले जानकारी दिए । महासंघले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको दाहसंस्कारका लागि आवश्यक पर्ने दाउरा सामुदायिक वनबाट सम्भव भएसम्म निःशुल्क रुपमा उपलब्ध गराउने र सामुदायिक वन क्षेत्रमा दाहसंस्कार गर्नुपर्ने अवस्था रहेमा अवरोध नगरी सहयोग गर्नसमेत आह्वान गरेको छ ।

वनमा आश्रित विपन्न परिवारलाई सामुदायिक वनबाट जडीबुटी, कन्दमूल, वनजन्य खाद्य पदार्थ आदि संकलन गरी जीविकोपार्जन गर्ने कार्यमा सहयोग तथा सहजीकरण गर्ने र वनजन्य उद्यमका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिमा निरन्तरता दिन पनि आह्वान गरिएको उनले बताए । महासंघले निषेधाज्ञाका समयमा वन अतिक्रमण हुने र वन क्षेत्रमा चोरी, तस्करी र वन्यजन्तुको शिकार रोक्न स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डको पालना गरी आवश्यक कार्य गर्न मातहतका निकायलाई आग्रह गरेको छ ।

त्यस्तै कोभिड–१९ को महामारीसँग जुझ्न उपभोक्ता समूहका सामुदायिक भवन प्रयोग गर्नुपर्र्ने भनी स्थानीय तह वा सम्बन्धित सरकारी निकायले माग गरेमा सो प्रयोजनका लागि अस्थायी रुपमा प्रयोग गर्ने गरी उपलब्ध गराउन महासंघले निर्देशन गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ