१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

Advertisement

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो ।

नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।

“नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० श्यया र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेका छौँ”, उनले भने । दुवै आइसोलेशन केन्द्रमा चौबिसै घण्टा सेवा प्रदान गरिने नगरप्रमुख गिरीको भनाइ छ ।

यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ श्ययाको आइसोलेशन केन्द्र स्थापना गर्ने जनाएको छ । यहाँ हाल ९८६ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप