९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

Advertisement

मध्यपुरथिमि । चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग गरेको छ । चाँगु नारायणवासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरिरहेको अस्पतालमा अक्सिजन नभएपछि १० शय्याको अस्पताललाई सिलिण्डर सहयोग गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा स्थानीय समाजसेवी रमेश बुढाथोकीका नेतृत्वमा रु दुई लाख ४८ हजारमा सिलिण्डर किनेर अस्पताललाई हस्तान्तरण गरिएको हो । अस्पताललाई आफूले रु एक लाख २४ हजारमा पाँच र चाँगुनारायण– ४ का वडाध्यक्ष बुद्धिलाल महर्जन, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहाल, युवा नेता उपेन्द्र ढकाललगायतका सहयोगमा रु एक लाख २४ हजारमा अर्को पाँच गरी ठूलो सिलिण्डर किनेर अस्पताललाई दिइएको बुढाथोकीले बताए ।

कोरोना भएका बिरामीले अन्तका अस्पतालमा उपचार गर्न शय्या नपाएकाले उक्त अस्पतालमा अहिले १० शय्या भए पनि ११ कोरोना बिरामीको उपचार गरिइरहेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले कोरोना बिरामीका लागि अस्पताल, आइसोलेशन, एम्बुलेन्स र शववाहन सञ्चालन गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो