१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । अक्सिजन उद्योगले खपत गरेको विद्युत् महसुलमा सरकारले छूट दिने भएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले छूट दिने निर्णय गरेको हो ।

Advertisement

सीसीएमसीले भारतबाट निर्यात गरिँदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने, ट्यांकर र सिलिन्डर आपूर्ति बढाउनेलगायत निर्णयसमेत गरेको छ । सरकारले चीनबाट ४ सय थान र ओमनबाट ५६१ थान सिलिन्डर ल्याइसकेको छ । ल्हासा हुँदै तातोपानीबाट सिलिन्डर ल्याउने काम भएकाले अब अक्सिजनको समस्या खेप्नु नपर्ने सीसीएमसीको निष्कर्ष छ ।

बैठकमा आर्थिक स्रोतको अभाव र प्रक्रियागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनुपरेको भन्दै तत्काल प्रक्रियागत झन्झटलाई सहज बनाएर काम अघि बढाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले यस्तो निर्देशन दिइरहँदा आइतवारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार पुगेको छ । आइतवार कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार अब सीसीएमसीले प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल काम अघि बढाउनेसमेत निर्णय गरेको छ ।

सामग्री खरीद प्रक्रियादेखि अन्य कामसमेत कानूनी रूपमा झन्झटिलो हुँदा जनताले ज्यान गुमाउनु परेको भन्दै सरकारले तत्काल संकट व्यवस्थापनमा अघि बढ्ने निर्णय गरेको उनले जानकारी दिए । आर्थिक अभियान दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै