१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । रुपन्देहीको कञ्चन गाउपालिकामा पहिचान नखुलेको गाडीले प्रहरी हवलदार कर्ण बहादुर बुढा मगरलाई ठक्कर दिई फरार भएको भनिएको गाडीको पहिचान खुलेको छ। ट्राफिक चेकिंगको क्रममा गत बैसाख ३० गते राति इलाका प्रहरी कार्यलय,रुद्रपुरमा कार्यरत प्रहरी हवलदार कर्ण बहादुर बुढा मगरलाई ठक्कर दिई घटनास्थलमै मृत्यु गराई फरार भएको थियो । उक्त गाडी खाद्यान्न लिई दाङ्गतर्फ जाँदै गरेको ना ६ ख ३३२९ र ना ६ ख ३३३० नम्वरका दुई ट्रकहरुको पहिचान भएको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ ।

Advertisement

बैसाख ३० गते राति २ बजेको समयमा लुम्बिनी फायरलाइन सडक भएर आवत–जावत गरेका सवारी तथा मालवाहक साधनहरुको कञ्चनका मुख्य स्थानहरुमा राखिएका सिसिटिभी क्यामेराले लिएका फुटेजहरुको सहायतामा गरिएको अनुसन्धानबाट ती फरार भएका गाडीहरुको पहिचान भई प्रहरीको नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय,रुद्रपुर र इलाका प्रहरी कार्यालय,सालझण्डीले जनाएका छन् । दुबै प्रहरी कार्यालयको संयुक्त अनुसन्धान टोलीले घटनास्थलको फोटो हेरेर पुन निर्माण गरी भएको थप अनुसन्धानका आधारमा ती माल वाहक ट्रकहरुको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

घटना गराउने माल वाहक गाडीहरुको कल डिटेल तथा घटना घटेको समयमा लुम्बिनी फायरलाइन सडक खण्ड भएर आवत–जावत गरेका सवारी तथा माल वाहक गाडीहरुको इन्ट्री र सो सडक खण्डमा जडान गरिएका सिसिटिभीमा देखिएको फुटेजहरुको आधारमा बैसाख ३१ गते शुक्रवार दाङ्ग जिल्लाबाट दुई वटा ट्रक र एउटा ट्रकलाई सल्यानको कपुरकोटबाट नियन्त्रणमा लिइ हाई प्रोफाइल तथा गम्भिर प्रकृतिका अपराधहरुमा मात्र गरिने घटनास्थलको पुन निर्माणको आधारमा गरिएको अनुसन्धानबाट ती दुई ट्रकहरुको पहिचान भई ट्रक र ट्रक चालकहरुलाई कारवाहीका लागि मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यालय,बुटवलले जनाएको छ।

ती दुई ट्रकहरुले बैसाख ३० गते राती अन्दाजी २ बजेको समयमा ट्राफिक चेकिङ्गको क्रममा इलाका प्रहरी कार्यलय,रुद्रपुरमा कार्यरत प्रहरी हवलदार कर्ण बहादुर बुढा मगरलाई ठक्कर दिई फरार भएका थिए । फरार भएका ना ६ ख ३३२९ नम्वरका ट्रक चालक जिल्ला सल्यान,बागचौर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३५ का गोबिन्द सुनार र ना ६ ख ३३३० नम्वरका ट्रक चालक जिल्ला दाङ्ग,तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ बस्ने बर्ष ३२ का बिष्णु सुनार रहेको इलाका प्रहरी कार्यलय,बुटवलले जनाएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता