१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

देउखुरी । कोरोना भाइरसको संक्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् ।

Advertisement

संक्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् । नाराणपुर उद्योग वाणिज्य सङ्घले कोरोनाका बिरामीलाई अस्पतालसम्म लैजान र पिसिआर जाँच गराउनका लागि सङ्घले अटो एम्बुलेन्स शुरु गरेको सङ्घका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए ।

अहिले पाँचवटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन्। सङ्घले अटो चालकको रु. पाँच लाखको बीमा गरिदिएको र स्वास्थ्य सामग्री तथा पिपिई सेट उपलब्ध गराइएको उनले बताए ।

रोटरी क्लब अफ दाङले लकडाउनका बेला बिरामीलाई सहजताका लागि थप पाँच अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

महामारीको विषम परिस्थितिमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका बिरामीलाई अस्पतालसम्म जान सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको क्लबका अध्यक्ष डा. चेतनारायण पाण्डेले जानकारी दिए। पाँच अटो  सञ्चालनमा ल्याएर शुरु गरिएको अटो एम्बुलेन्सलाई अहिले १० पुर्याएको छ ।

अटो एम्बुलेन्सका साथै रोटरीमार्फत पाँचजना चिकित्सकले सामाजिक सञ्जालमार्फत कोरोनासम्बन्धी परामर्श प्रदान गरिहेका बताइएको छ। तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। तुलसीपुरमा बिरामीलाई सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन गरिएको छ । 

कोरोना संक्रमणदर रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण बिरामीले पछिल्लो समय सहजरुपमा एम्बुलेन्स सेवा पाउन नसकेपछि समयमै अस्पताल पुग्न सहजताका लागि अटोलाई  एम्बुलेन्सका रुपमा सञ्चालन गर्न थालिएको हो । 

विपन्न नागरिकले सुलभ भाडादरमा बिरामीलाई अस्पताल लैजान-ल्याउन सहजताका लागि अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको अटो एम्बुलेन्स सञ्चालन अभियानका संयोजक मोहन सुनारले जानकारी दिए। उनीसहित तुलसीपुरका चार युवा दीपक कुमाल, सुनिलबाबु डाँगी र अजय दुलालले संयुक्तरुपमा अटो एम्बुलेन्स सञ्चालनको अभियान शुभारम्भ गरेको हो । 

अटो एम्बुलेन्सले तुलसीपुर आसापासका क्षेत्रमा सेवा दिने र साबिकमै लाग्दै आएको भाडा लिने अभियानका संरक्षक कुमालले जानकारी दिए। तुलसीपुरमा अहिले तत्कालका लागि नौ अटोले बिरामीलाई एम्बुलेन्सको  सेवा प्रदान गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ