९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

खलङ्गा । चन्दननाथ नगरपालिकाकाले होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई कोसेली लिएर घरघरमा भेट्ने अभियान शुरुआत गरेको छ । अभियानमा नगरप्रमुख कान्तिका सेजुवाल सहित प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल र स्वास्थ्य शाखाका प्रमुख पृथ्वीनाथ योगी छन् ।

Advertisement

स्यानिटाइजर, मेडिकल मास्क, भिटामिन ‘सी’ र ‘डी’, च्यवनप्रास, एक क्यारेट अण्डा, साबुन र चना लिएर नगरपालिकाको टोली सङ्क्रमितको घरमा पुगेको नगरप्रमुख सेजुवालले जानकारी दिनुभयो । सङ्क्रमितको स्वास्थ्य अवस्थाको चिन्ता गरी घरदैलो अभियानमार्फत कोसेली दिने कामको शुरु भएको स्वास्थ्य शाखाका प्रमुख योगीले बताए ।

सङ्क्रमित भएका बिरामीलाई पौष्टिक तत्वको कमीले गर्दा स्वास्थ्य अवस्थामा समस्या नहोस् भनेर कोसेली लिएर घरमा पुगेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । आइसोलेशनमा बसेका नागरिकबाट अरू व्यक्तिमा कोरोना सर्न सक्ने भएकाले सचेत रहन सुझाव दिने काम भएको नगरपालिकाले जनाएको छ ।

गाउँमा सङ्क्रमित भएका कोरोनाका बिरामीहरुले भान्सा, शौचालय, खानेपानी धारा एउटै प्रयोग गरेको हुनाले अरू मानिसलाई सचेत हुन नगरपालिकाले आग्रह गरेको छ । सङ्क्रमितहरुलाई आफू सुरक्षित भइ घरपरिवार र समाजलाई सुरक्षित राख्न तथा नगरपालिकाले दिएको पौष्टिक तत्वको सेवन गर्न सल्लाह दिएको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमितलाई स्वास्थ्य अवस्था गाह्रो भएमा खबर गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।

सङ्क्रमित भएकाहरुलाई मास्कको नियमित प्रयोग गर्न, साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सल्लाह दिइएको छ । आत्मबल कमजोर भएका सङ्क्रमितको मनोबल बढाउन र गाउँमा हुने विवाह व्रतबन्धलगायत कार्यमा सरिक नहुन नगरप्रमुख सेजुलाले सबै नागरवासीलाई आग्रह पनि गर्नुभएको छ ।

नगरपालिकाभित्र ५२ सङ्क्रमितहरु आइसोलेशनमा छन् । घरमा बसेका सङ्क्रमितलाई हेलचक्र्याइँ नगर्न भनिएको छ । नगरपालिकाको टोली कोसेली बोकेर घरमा पुग्दा सङ्क्रमित निकै खुशी भएको स्थानीयवासी केशवनाथ योगीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो