५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

Advertisement

कर्णाली । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले अक्सिजन अभाव पूर्ति गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिका अध्यक्ष देवी वलीको अध्यक्षतामा शनिबार बसेको बैठकले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको हो ।

प्रदेश अस्पताल सुर्खेतले वैशाख ३१ गते कोभिड–१९ को सङ्क्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीलाई अक्सिजन अभावकै कारण भर्ना लिन नसकिने सूचनाबाट ध्यानाकर्षण भएर समितिको तत्काल बैठक बसी अक्सिजन अभाव पूर्ति गर्न सरकारलाई निर्देशन दिइएको अध्यक्ष वलीले जानकारी दिए ।

“हामीले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्न अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायतको व्यवस्थापन गर्नसमेत निर्देशन दिएका छौँ”, उनले भने, “विशेषगरी प्रदेश अस्पताल सुर्खेतमा दैनिक एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्टको तत्काल स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन गरेका छौँ ।”

कर्णालीका नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र सबै अस्पतालमा नियमित विद्युत् आपूर्तिका निम्ति तत्काल पहल गर्न सरकारलाई सुझाएको जनाउँदै वलीले समितिको बैठकबाट प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीव्रता दिने निर्णय गरिएको बताए ।

तीनै तहका सरकारले कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि आम जनसमुदायमा दिएका निर्देशन पालना गरी स्वास्थ्यका मापदण्ड अपनाउन तथा गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोरोनासँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा सहायता गर्न बैठकले अपिल गर्ने निर्णय गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन प्लान्टबाट श्ययामै अक्सिजन दिने व्यवस्था गरिको भए पनि कोरोना सङ्क्रमितको बढ्दो चापले अभाव पूर्ति हुन सकेको छैन । सो अभाव पूर्तिका लागि दैनिक सयौँ सिलिन्डर आयात गर्नुपर्ने भएकाले प्लान्टको क्षमता बढाएर अक्सिजन आपूर्ति हुने व्यवस्था गर्न सरकारलाई समितिले निर्देशन गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु